होम पेज » राजनिति » हामी भाषणमा भनेको कुरा पुरा गर्छौ – श्याम पोखरेल (भिडियाे)

आश्विन ०५, २०७८ – नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत धरान उपमहानगरपालिका नगर समितिको सभापति उम्मेद्धार श्याम पोखरेल प्यानलले हामी काम गर्न नेतृत्व पंक्तिमा आउन चाहेको बताएका छन ।

आज कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधि भेटघाटको क्रममा धरान वडा नम्बर १५ को भेटघाट कार्यक्रममा भाषणमा बालेको बचन पुरा गर्ने बताएका छन । पछिल्लो १३ औँ महाधिवेशन देखिको इतिहाँस हेर्ने हो भने हामीले भाषण गरेको कुरा पुरा गरेको बताए । सभापतिको उम्मेद्धार पोखरेलले १२ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारिलाई इगिंत गर्दै भने नेपाली कांग्रेसको पार्टी कार्यालय निर्माणको लागी संकलन गरेको हिसाब किताब अहिलेसम्म नबुझाएको भन्दै काम भन्दा कुरा धेरै गर्ने नेतृत्वले पार्टीलाई संगठित गर्न नसक्ने दावि गरे । उनले भने १३औँ महाधिवेशनबाट म सचिव पदमा निर्वाचित भएको थिए त्यो समयमा हामिले अघिल्लो कार्यसमितिलाई पटक पटक भवन निर्माणको संकलित रकम र रसिदको विवरण माँग गर्दा आलटाल गरेर नदिएको बताए । भेलालाई सम्बोधन गर्दै पोखरेलले बताए हामि युवा छौ हाम्रो नेतृत्व सक्षम छ, हामी संगठनलाई विकाश गर्छौ संगठन प्रति जनतालाई विश्वास दिलाउने हामिसँग भिजन छ । उनले भाषणमा धेरै यो गर्छु त्यो गर्छु भन्दैनौ हामि युवाको नेतृत्वले गरेर देखाउँछौँ हामि परिणाम मुखी काम गर्ने दावि गरे ।

लोकतान्त्रिक अभ्यासमा रहेको हामि एउटै पार्टी भित्र अधिवेशनमा प्रतिस्पर्धा हुन स्वाभाविक भएको भन्दै अहिले हामि जुन समुह भए पनि हामि नेपाली कांग्रेस भएको उनले बताए । उनले भने यो प्रतिस्पर्धामा हार जित साधरण विषय रहेको भन्दै भोली जसले जिते पनि त्यो जित हाम्रो हो नेपाली कांग्रेसको हो । यदि मेरो हार भएछ भने पनि त्यो हार स्विकार्दै आएको नयाँ निर्वाचित नेतृत्वलाई स्किार्ने र संगठन विकाशको लागि साथ दिने बताए । यसै सन्दर्भमा उनले थपे हामीले आज एकअर्कामा प्रतिपर्धा गरिरहेका छौँ भोली स्थानीय चुनाव, प्रदेश चुनाव र संघीय चुनावमा एमाले सँग एक भएर प्रतिस्पर्धा गर्ने बताए ।

वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष डा. आनन्द आचार्यले भेलालाई सम्बोधन गर्दै अहिले कांग्रेसको अधिवेशनमा धरान नगर समितिको लागी श्याम पोखरेलको प्यानल संगठन हाँक्न सक्ने युवाहरुको टिम भएको बताए । यहाँ युवाहरुको उम्मेद्धार भएको बताउँदै अवको नेतृत्व युवाहरुको हातमा हुनु आवश्यक देखिएकोले पनि श्याम पोखरेलको प्यानल बेल्कुल सक्षम नेतृत्व भएको उनले बताए । विषेश गरेर यस प्यानलमा उपसभापतिको उम्मेद्धारहरु जन निर्वाचित वडाध्यक्षहरु छन यो नेपाली कांग्रेसको लागी गौरवको कुरा हो । यो २ उम्मेद्धार कांग्रेसको लागी मात्र गौरवको कुरा नभएर धराने जनाताको गौरवको कुरा हो । श्याम पोखरेल प्यानलमा उपसभापतिमा धरान १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) र धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बु उम्मेद्धार छन ।

त्यसै गरेर गत स्थानीय निर्वाचनमा उपमेयरको उम्मेद्धार श्यामा रेग्मीले भेलालाई सम्बोधन गर्दै युवाहरुलाई लक्षित गर्दै अबको नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्ने बताइन । युवाहरुको नेतृत्वमा संगठनले यौटा दिसा तर्फ उन्मुख हुने उनले दावि गरिन । अवको समय भनेको युवाहरुलाई नेतृत्व क्षमता अभिवृद्धि गर्दै युवाहरुलाई नेतृत्व पंक्तिमा अगाडी बढाउनु पर्नेमा जोड दिइन । उनले भनिन युवाहरुमा जोस जाँगर हुन्छ, उनिहरुमा नयाँ सोँच र विचार हुन्छ संगठन विकाशमा यी नै कुराको आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट