होम पेज » राजनिति » नेपाली कांग्रेस धरानमा श्याम पोखरेलको प्यानलले विजयी हात पार्यो

आश्विन ०९, २०७८ – नेपाली कांगे्रस १४औँ महाधिवेशन अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा श्याम पोखरेलको प्यानल विजयी भएको छ ।

आज शनिबार भएको निर्वाचनममा सभापति पदका उम्मेद्धार पोखरेल निकटतम प्रतिद्धन्दि किशोर राईलाई ३९ मतान्तरले पराजित गर्दै विजय भएका हुन । पराजय भोगेका किशोर राईले २२३ मत प्राप्त गरेका छन भने विजय श्याम पोखरेलले २६२ मत प्राप्त गरेका छन । उपसभापतिमा पनि पोखरेल प्यानलबाट प्रविण राईले २९० मत र सन्तोष लिम्बुले २३३ मत प्राप्त गर्दै विजयी भएका छन । उपसभापतिमा पराजित भएका राई प्यानलका राजकुमार थोप्राले १२८ मत महेन्द्र तामाङले १८३ मत प्राप्त गरेका छन ।

यस्तै सचिव पदमा पोखरेल प्यानलबाटै विजयी भएका छन । उक्त प्यानलबाट जितेन्द्र राईले २५९ मत र हिमाल श्रेष्ठले २९६ मत प्राप्त गर्दै विजयी भएका हुन । उता पराजित हुने राई प्यानलका कोपिला गौतमले १९५ मत र सुमन श्रेष्ठले १७१ मत प्राप्त गरेका छन । सहसचिव पदमा पनि पोखरेल प्यानल कै उम्मेद्धारहरु विजय भएका छन । सो प्यानलबाट सहसचिवमा युनेश राना मगरले ३०२ मत प्राप्त गर्दै सर्वाधिक मत प्राप्त गरेका हुन । यस्तै सोहि प्यानलकी सहसचिवमा शिला बज्राचार्यले २७१ मत प्राप्त गर्दै विजय भएकी छन । उक्त पदमा पराजित भएका राई प्यानलका उम्मेद्धार कमला कार्कीले १७१ मत र गोपाल कार्कीले १८१ मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट