होम पेज » राजनिति » कांग्रेसको महाधिवेशन अन्तर्गत भोली काठमाण्डौ महानगरपालिको भोली मतदान हुने

आश्विन १६, २०७८ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनले कांग्रेसको राजनिति तातिएको अवस्थामा छ । हाल धेरै जस्तो जिल्लामा स्थानीय समितिको अधिवेशन सम्पन्न भइसकेको छ भने केहि जिल्लामा भने भइरहेको छ ।

यसै महााधिवेशन अन्तर्गत आज काठमाण्डौ जिल्लाका पालिका स्तरिय अधिवेशन भइरहेको छ । काठमाण्डौको १० पालिका मध्ये काठमाण्डौ महानगगर पालिकामा समय अभावका कारण नयाँ नेतृत्वका लागी निर्वाचन हुने सकेन । काठमाण्डौ महानगरपालिका बाहेक अन्य ९ पालिकामा भने मतदान सम्पन्न भइसकेको छ । स्थागीत भएको काठमाण्डौ महानगरपालिकाको मतदान भोलि बिहान ९ बजे हुने भएको छ ।

आज नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मुस्ताङ, गोर्खा, दोलखा, रुकुम पूर्व लगायतका जिल्लाहरुमा पालिका स्तरिय अधिवेशन सम्पन्न भईसकेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट