होम पेज » राजनिति » अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन, अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष पहिलो

आश्विन १७, २०७८ – नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन ।

आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन । अखिल क्रान्तिकारिको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो हो । अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार बनेका थिए । अखिल क्रान्तिकारीको नेतृत्व आफैले टुंगो लाउन नसक्दा पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व चयनको जिम्मा दिइएको थियो ।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमालटार पुगेका थिए । खुमालटार पुगेका नेताहरुई सोहि समयमा प्रचण्डले पञ्चालाई अध्यक्षमा चुनेको सुनाएका थिए । अब २२ औँ राष्ट्रिय सम्मेलनकोे जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट