होम पेज » राजनिति » नेकपा माओवादी केन्द्रको भोली ४ गते देशभर एकै साथ सबै वडा सम्मेलन गर्ने

मंसिर ०३, २०७८ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भोली शनिबार देशभर एकसाथ वडा सम्मलेन हुने भएको छ । देशभर एकै साथ वडा सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको माओवादी केन्द्रको केन्द्रिय निर्वाचन आयोगले जानकारि दिएको छ ।

आयोगले आज पत्रकार सम्मेलन गर्दै देशभर ६ हजार ७४३ वटा वडामा वडा सम्मेलन हुने जानकारि गराएको थियो । यसै सन्दर्भमा आज शुक्रबार माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सबै वडामा एकैदिन सम्मेलन मार्फत नेतृत्व चयन गर्न लागेकोले विभाजित नभई वडा सम्मेलनमा सहभागी हुन अपिल गरेका छन । भोली हुने वडा सम्मेलनले सबै वडाको नेतृत्व चयन गर्नेछ र नगर तथा पालिका अधिवेशनको लागि प्रतिनिधि समेत छनोट गर्नेछ ।

प्रवक्ता महराले जारि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ‘‘ हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलनको शुभकामना व्यक्त गर्दछ ।” त्यसै गरेर समाजवाद निर्माणका लागी नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौ भन्ने मुल ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसका साथै यहि मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने भएको छ । आगामी पुस ११,१२ र १३ गते काठ्माण्डौमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारी रहेको छ । पार्टीको केन्द्रिय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन कमिटि समेत गठन गरेको आयोज जानकारि दिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट