होम पेज » राजनिति » माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड पुनः निर्विरोध निर्वाचित

पुस १९, २०७८ – नेकपा (माओवादी केन्द्र) को पार्टीको केन्द्रिय अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन । भर्खरै सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीको आज बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

ज्येष्ठ सदस्य दीननाथ शर्माको अध्यक्षतामा आज बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेकको भन्दै उनले प्रचण्डको नाम प्रस्ताव गरेका थिए । मुलुक र पार्टीलाई समाजवादी क्रान्तिमा अििघ बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको बैठकमा नेता श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

नेता श्रेष्ठले प्रचण्डकै नेतृत्वमा पार्टीलाई सुदृड गर्नुपर्ने भनाइलाई जोड दिँदै अब बाँकी कार्यभार पनि पुरा संकल्प गर्नुपर्ने बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले अबको नेतृत्व पनि प्रचण्डको विकल्प नरहेको दावि गरे । नेता श्रेष्ठले राखेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष प्रचण्डले देश र जनताको आवश्यकता अनुसार आफू पुनः पार्टी अध्यक्षमा निर्वाचित भएको बताए। अध्यक्षमा निर्वाचित भएपछि उनले सम्बोधन गर्दै आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र ? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुनः नेतृत्वमा आएको बताए । उनले आज आफूले पाएको अभिभाराले पुनः ठूलो सेवा गर्ने अवसर प्राप्त भएको पनि बताए ।

प्रचण्डले सम्बाेधनकाे क्रममा माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको दाबी गरेका छन । उनले माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेकोसमेत बताएका छन । उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताउँदै यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति भएकाे बताए । यसैगरेर उनले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताएका छन् । महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको उनको दाबी छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट