होम पेज » राजनिति » नेपालको राष्ट्र निर्माता यलम्बर हुन,यलम्बर हाङ लाई राष्ट्रिय विभुती घोषणा गरौ

मुलघरे कान्छा,
नेपाल राष्ट्रको ईतिहास नै किरात प्राचिन ईतिहास र नेपालको पहिलो राजा यलम्बर हाङको शाषनकाल बाट सुरुवात हुनेगर्दछ । नेपालको ईतिहासले यलम्बर हाङ राजाको शाषनकालको ईतिहास बिना पुर्णता पाऊन सक्दैन, नेपालकै ईतिहास अधुरो अपुरो रहन्छ । नेपालमा सर्वप्रथम राजा यलम्बर हाङ ले नै मानव सभ्यताको सुरुवात गरेको ईतिहास साक्षी छ ।

नेपालको सबैभन्दा पहिलो राजा यलम्बर हाङको प्राचीन शाषनकाल बाट नै आधुनिक नेपाल राष्ट्रको उत्पत्ती भएको हो।नेपालमा प्राचीनकालमा नेपालको पहिलो राजा यलम्बर हाङले अपनाएको धर्म/संस्कार/संस्कृती/खान-पान/कला/सिप/प्रविधि/जीवनशैली/कृषी-प्रणाली/न्याय प्रणाली/शाषन प्रणाली/निति-नियम/शाषन प्रशाषन नै आधुनिक नेपालको सभ्यता/धर्म-संस्कृती/कला/सिप/खान-पान/कृषी प्रणाली/प्रविधि/जीवनशैली र आधुनिक नेपालको शाषन प्रणालीको प्रवेशद्वार हो।नेपालको पहिलो राजा यलम्बर हाङ बिनाको यो आधुनिक नेपाल कल्पना पनि गर्न सकिन्दैन । नेपालको पहिलो राजा यलम्बर हाङले नै आधुनिक नेपालको जग बसालेका हुन त्यसैले राजा यलम्बर हाङ नै यो देश नेपालको राष्ट्रीय विभुती/राष्ट्रीय नायक हुन । नेपालको पहिलो राजा यलम्बर हाङ नै यो आधुनिक नेपालको सारा नेपालीहरुको राष्ट्रीय एकताको प्रतिक हुन । यो आधुनिक नेपाल राष्ट्रको स्थापना कर्ता राजा यलम्बर हाङ नै हुन । नेपालको पहिलो राजा यलम्बर हाङले नै नेपालको स्थापना र एकिकरण गरेर आधुनिक नेपालको जग बसालेका हुन ।

प्राचीन राजा यलम्बर हाङ पछाडिको अन्य लिक्ष्क्षबि/मल्ल राजाहरुको पाला सम्म आऊदा नेपालमा विभिन्न राजा रजौटाहरुको रुपमा विभाजित भयो।तर राजा यलम्बर हाङको शाषनकालमा अहिलेको सिंगो नेपालभन्दा ठुलो भु-भाग नेपालको रुपमा स्थापित थियो।नेपालको पहिलो राजा यलम्बर हाङले स्थापना गरेको प्राचिन नेपाल लाई,राजा यलम्बर हाङले बसालिदिएको नेपालको जग लाई नै टेकेर पछिल्लो समयमा पृथ्वी नारायण शाहले भौगोलिक रुपमा एकिकरण गर्ने अवसर पाएका हुन ।प्राचीनकालमा राजा यलम्बर हाङले नेपालको स्थापना नगरीदिएको भए आज हामी नेपाल र नेपाली भनेर गर्व गर्न पाऊने थिएनौ । गोरखाको राजा पृथ्वी नारायण शाहले पछिल्लो समयमा भौगौलिक रुपमा पुन्ह:एकिकरण गरे होलान तर आधुनिक नेपाल राष्ट्रको जग बसालिदिने काम/नेपालको स्थापना कर्ता भनेको राष्ट्रीय महानायक/नेपाल राष्ट्रको स्थापना कर्ता/नेपालको एकताको प्रतिक/राष्ट्रीय विभुती राजा यलम्बर हाङ नै हुन,यो निःसन्देह कुरा हो । नेपालको ईतिहासमा/राष्ट्रीय नायक/नेपालको एकताको प्रतिक/नेपाल राष्ट्रको स्थापना कर्ता/राष्ट्रिय विभुती राजा यलम्बर हाङ लाई सँधै उपेक्षा गरीएको छ ।

नेपालमा आधुनिक समयका शाषक वर्गका लेखकहरुले नेपालको राष्ट्रीय विभुती राजा यलम्बर हाङको यो आधुनिक नेपालको जग बसालेको/आधुनिक नेपालको स्थापनाको सुरुवात गरेको योगदानको ईतिहास लाई नेपालको ईतिहासबाट उपेक्षा गरेर पुर्वाग्रहि रुपमा किराती ईतिहाससंग मात्र जोडिदिएर उपेक्षा गरीएको छ । नेपालको बुद्धिजीवी/विद्वान/ईतिहासविद/बौद्धिक भनिएकाहरु बाट सँधै नेपालको पहिलो राजा/नेपालको स्थापना कर्ता/राष्ट्रीय विभुती राजा यलम्बर हाङको योगदान लाई उपेक्षा गरेर Biased भएर ईतिहासमा पुर्वाग्रहि रुपमा एकतर्फी पृथ्वी नारायण शाह लाई मात्र राष्ट्रीय नायक पात्रको रुपमा अधि सारीएको छ,जुन नितान्त गलत र सारा नेपालीहरुको लागी दुखद कुरा हो। हामीले नेपालको पहिलो राजा यलम्बरहाङ ले आधुनिक नेपालको जग बसालिदिएका/स्थापना गरिदिएको योगदानको कदर गर्दै ईतिहास पुनर्लेखन गर्नु आवश्यक छ।

अत:-नेपालको पहिलो राजा/आधुनिक नेपालको जग बसालेका नेपाल राष्ट्रको स्थापना कर्ता/नेपालीहरुको एकताको प्रतिक/नेपालको राष्ट्रीय विभुती राजा यलम्बर हाङ लाई घोषणा गर्नु पर्दछ र (यलम्बर हाङले शाषन आरम्भ गरेको)प्रत्येक नयाँ येले संवतको पहिलो दिन (राष्ट्रिय दिवस/राष्ट्रीय एकता दिवस)मनाऊनु पर्दछ । नेपालको पहिलो राजा संस्थापक यलम्बर हाङ हुन । आधुनिक नेपालको जग राजा यलम्बरले बसालेका हुन। नेपालको स्थापना कर्ता/राष्ट्र निर्माता राजा यलम्बर हुन। राजा यलम्बर लाई राष्ट्रीय विभुती घोषणा गरौ । प्रत्येक नयाँ येले संवतमा राष्ट्रीय एकता दिवस मनाऔ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट