होम पेज » राजनिति » नेकपा एमाले सुनसरी जिल्ला अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित

पुस २९, २०७८ – नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनबाट रेवतीरमण भण्डारी अध्यक्षमा निर्वाचित भएका छन ।

जिल्ला पार्टी कार्यालय इनररुवामा आज सम्पन्न मतगणना अनुसार उनले निकटतम प्रतिद्धन्दी खेमराज पोखरेललाई १४५ मतले पराजित गरेका थिए । कुल १८०५ मत खसेकामा निर्वाचित भण्डारीले ९२० मत ल्याएका थिए । पराजित भोगेका पोखरेलले ७७५ मत पाएका थिए । त्यसै गरेर अध्यक्ष पदकै लागी अर्का उम्मेद्धार द्धारिकालाल चौधरीले ८० मत मात्र प्राप्त गरेका थिए ।

यसका साथै भण्डारी प्यानलका निलम खनाल उपाध्यक्षमा निर्वाचित भएका छन । उनले १०११ मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धि नन्दकुमार बस्नेतलाई ३११ मतले पराजित गरेका थिए । पराजित उपाध्यक्ष उम्मेद्धार बस्नेतले ७०० मत प्राप्त गरेका थिए । यस्तै गरेर दुइ उपसचिवमा राम कोइरालाले ८२१ र योग्यराज खड्काले ५६३ मत प्राप्त गर्दै निर्वाचित भएका छन । निर्वाचित उपसचिवमा कोइराला भण्डारी प्यानलका उम्मेद्धार थिए । उपसचिवमा पराजित भएका उम्मेद्धारहरु पदमप्रसाद लिम्बुले ५२५ मत, अञ्जनीकुमार पोखरेल ४९५ मत, लोकश निरौलाले ४८४ मत, अर्जुन गहतराजले २२९ मत र लहरुमाया जिमीले २४० मत प्राप्त गरेका थिए । सचिव पदमा भने पर्शुराम यादव सर्वसम्मत निर्वाचित भइसकेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट