कार्तिक ०३, २०७९ – भोजपुरका नेकपा एमाले हारको मानसिक्ता बोकेर मतदाताहरूलाई भ्रमित बनाउने कुकृत्य काम गर्न थालेका छन् । आफ्नो हार निश्चित भएको मानसिक्ताका साथ उनीहरु सामाजिक संजाल मार्फत गठबन्धन दलहरुमा फाटो ल्याउने खालका हर्कत गरिरहेका छन् । एमालेले भोजपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा फाटो ल्याउन अनेक हत्कण्ड अपनाईरहेका छन् ।
उनीहरुले नेपाली कांग्रेसको गय राती कांग्रेसको झन्डा र चुनाव चिन्ह अंकित लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र भोजपुर बजार संगै भोजपुरका सवै स्थानमा कांग्रेसको झन्डा र चुनाव चिन्ह अंकित लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र सामाजिक बाटो र गाउँगाउँमा फालि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
यस हर्कत प्रतिनेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले विज्ञाप्ती मार्फत आपत्ती जनाउदै आम मतदाताहरूलाई भ्रमित बनाउने कुकृत्य र गैरराजनीतिक कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
हारबाट अतालिएर गरिएको अराजनीतिक हर्कतप्रति खण्डन गर्दै यस्तो शैलीप्रति घोर आपत्ति जनाउदै यसका योजनाकार पत्ता लगाई हदै सम्मको कार्बाही गर्न निर्वाचन आयोगलाई माग गरेको छ । नेपाली कांग्रेसका आम पार्र्टी पंति र गठबन्धनका सबै सहयात्रीहरुमा तथाकथित भ्रमलाई एक ढिक्का भएर चिर्न र खारेज गर्न साथै गलत अफवाहको पछि नलाग्न र भ्रमित नहुन अनुरोध गरेका छन् ।
लेटर प्याडको दुरुपयोग गरी बेनामे आरोपपत्र सामाजिक संजालमा ल्याउनेलाई कारवाहि गर्न नेपाली कांग्रेस भोजपुरले आग्रह गरेको छ ।
