होम पेज » राजनिति » सुनसरी क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेद्वार मुकेश अग्रता बढाउँदै

मंसिर ०६, २०७९ – सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो मुकेश ले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन ।

निर्वाचन अधिकृतको कार्यालय धरानको अनुसार हालसम्म ८ हजार ४ सय ३६ मतगणना भइसक्दा मुकेशले ३३० मतान्तरले अग्रता कायम गरेका छन । उनले १८९८ मत प्राप्त गरेका छन भने जसपा एमालेका साझा उम्मेद्वार अशोक कुमार राईले १५६९ मात प्राप्त गर्दै पछ्याइरहेका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (शरिन)ले १५०० मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेकी छन ।

नेकपा एमालेबाट विद्रोह गर्दै वागी उम्मेद्वारी दिएका मनोज कुमार मेन्याङ्बोले १२०२ मत प्राप्त गरेका छन भने राप्रपा नेपालका उम्मेद्वार अशोक कुमार राई अविरलले ११११ मत प्राप्त गरेका छन । यसैगरि स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ् समुहका उम्मेद्वार तर्क बहादुर मगरले २५१ मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु