होम पेज » राजनिति » माओवादी र समाजवादीबीच एकता प्रक्रिया अघि बढ्यो

माघ ०७, २०७९ – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता प्रक्रिया अघि बढाउन दुई पार्टी वार्ता टोलीबीच आज शनिवार पहिलो बैठक बसेको छ ।

आजको बैठकले तीन महत्वपुर्ण विषयहरुमा सहमति भएको नेपाल समाजवादी पार्टी (नेसपा) का कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारि दिएका छन । जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्तावेज आदानप्रदान गर्ने सहमति भएको छ । उनले जानकारी दिए अनुसार वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु