माघ २९, २०७९ – २८औँ जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रको आयोजना गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरान नगर कमिटिको आयोजनामा विगत जस्तै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । धरानमा हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिदै आएको छ । जनयुद्ध प्रारम्भ भएको दिनलाई जनयुद्ध दिवसको रुपमा भोली फागुन १ गते देशभर विभिन्न कार्यक्रम गर्दै मनाइदैछ । कार्यक्र भोली विहान ७ बजेदेखि धरानको भानुचौकमा आयोजना हुने आयोजकले जानकारि दिएको छ ।
प्रदेश १ का सडक पुर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाई (सचिन) को प्रमुख अचतिथ्यमा आयोजना हुन लागेको उक्त कार्यक्रमा शहिद परिवार पनि सम्मान गरिने कार्यक्रम रहेको छ । यस वर्षदेखि सुरु गरिएको शहिद परिवारलाई सम्मान रक्तदान कार्यक्रम स्थल मै शहिद परिवारलाई सम्मान गरिने कार्यक्रम संयोजक तथा माओवादी केन्द्र नगर कमिटि सचिवालय सदस्य सिपी बजगाईले बताए । जनयुद्धको दौरानमा शहादत प्राप्त सहिदहरुको परिवारलाई सम्मान गर्ने उपयुक्त अवसर जनयुद्ध दिवस भएको उनले बताए ।