होम पेज » राजनिति » सङ्घर्ष समितिको अनुरोध, आम हड्ताललाई सहयोग गर्न सबैलाई अनुरोध

फागुन २७, २०७९ – ‘कोशी नामाङ्कन खारेजी संयुक्त सङ्घर्ष समिति’ले फागुन २८ गतेको आम हड्ताललाई सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । ‘प्रदेश नं. १ पुनः नामाङ्कन युक्त सङ्घर्ष समिति’ले आव्हान गरेको मसाल जुलुसलाई धरानमा सफल पार्न भूमिका खेलेको कोशी नामाङ्कन खारेजी संयुक्त सङ्घर्ष समितिले धरानमा आम हड्ताल सफल पार्न विभिन्न समिति समेत गठन गरेको छ ।

किरात राई यायोक्खा जिल्ला कार्य समिति अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति निर्माण गर्दै आम हडताल सफल बनाउन स्थानीय तहमासमेत पुग्ने निर्णय गरेको छ । बैठकले धरानमा भएको शान्तिपूर्ण मसाल जुलुसमा हस्तक्षेप गर्ने प्रहरी दमनको विरोध गर्दै आन्दोलनमा उपस्थित हुने सबैलाई धन्यवादसमेत ज्ञापन गरेको छ । जातीय सङ्गठनहरुले अगुवाई गर्ने कोशी नामाङ्कन खारेजी संयुक्त सङ्घर्ष समितिमा धरानमा क्रियाशील सबै जातीय संस्था तथा केही राजनीतिक दलहरु आवद्ध रहेकाछन् । आन्दोलनमा आप्mनो पार्टीको तर्फबाट सक्रिय भूमिका रहने किरात खम्बुवान साझा पार्टीका अध्यक्ष भूपि कोयी राईले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु