होम पेज » राजनिति » धरान १३ की वडा सदस्य तामाङले आफ्नाे जन्माेत्सवमा शैक्षिक सामग्री वितरण गरिन

चैत्र १, २०७९ – धरान १३ नम्बर वडाका जनप्रतिनीधी वडा सदस्य तारा तामाङ गालेले आफ्नाे जन्माेत्सवकाे अवसरमा स्कुलमा शैक्षिक सामग्री वितरण गरेकी छन ।

नेकप एमालेबाट निर्वाचित जनप्रतिनिधी गाेलेले आफ्नाे पार्टीकाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा विशेष कार्यक्रम मार्फत उक्त शैक्षिक सामग्री वितरण गरेकी हुन । आफ्नाे जन्मोत्सवको अवसरमा धरान १३ स्थित अमर आधारभुत बिद्यालयका १ देखि ५ सम्मका विद्यार्थीहरुलाई कपि,कलम पेन्सिल लगाएतको शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

पार्टीले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरु गरिएको वार्ड ईन्चार्ज हरि बहादुर कार्किले जानकारी दिए । यो कार्यक्रम सदस्यहरुको जन्मोत्सवमा आएको सहयोगलाई शैक्षिक सहयोग तथा सुधार कार्यक्रम कोष स्थापना गरि सुरुवात गरिएको आयोजक नेकपा एमाले १३ न वडा कमिटी सचिव विष्णु चाैलागाईले जानकारी दिए । यस्तै शैक्षिक लगाएत अन्य सामाजिक कार्यमा नेकपा एमाले सामाजिक अभियान कोष स्थापना पनि यहि चैत्रमा बनाई आगामी वर्षदेखी गर्नेगरी कार्यक्रमहरु बनाईएको कार्यवाहक अध्यक्ष दिवसप्यारा श्रेष्ठले जानकारी दिए ।

हाल नेकपा एमाले स‌गठन सुदृड गर्ने उद्देश्यले ग्रासरुट अभियान पनि चलिरहेको छ । यो अभियान पनि पार्टी वार्ड कमिटीको निर्णय अनुसार गर्न थालिएको र यश कार्यलाई निरन्तरदिने समेत जानकारी इन्चार्ज श्रेष्ठले जानकारि दिए । कार्यक्रममा वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, पुर्व वडाअध्यक्ष तथा विद्यालय ब्यवस्थापन समिती अध्यक्ष हरिहरप्यारा श्रेष्ठ , वडा सदस्य तारा तामाङ्ग गोले , हरि कार्की लगाएतको उपस्थितिको रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु