होम पेज » राजनिति » लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरिपनि अविश्वासको प्रस्ताव दर्ता

वैशाख २६, २०७८ – भर्खरै मुख्यमन्त्रीको सपथ ग्रहण गरेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

यसअघि मन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदैगर्दा अविश्वासको प्रस्ताव फेस नगरी राजीनामा दिएका थिए । उनले राजिनामा दिएको केही समय पश्चात पुनः विवादित रुपमा नियुक्ति लिएका थिए । अहिले उनि विरुद्ध कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका ४० सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीको नेतृत्वमा कांग्रेस, (जसपा) र राष्ट्रिय जनमोर्चाका ४० विपक्षी गठबन्धनले आज आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको सांसद सुदर्शन बरालले सञ्चारकर्मीहरूलाइ जानकारी दिएका छन । यसै बिच उनले भने ‘हामीले मुख्यमन्त्रीविरुद्ध भर्खरै अविश्वासको प्रस्ताव दर्ता गरेका छौँ’, ‘४० सांसदको हस्ताक्षर सहित अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ ।’

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट