होम पेज » राजनिति » प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रचण्डकाे सुझाव

वैशाख २७, २०७८ – आज बसेको प्रतिनिधि सभकाे बैठकमा नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अहिलेको अवस्थामा विश्वासको मत लिने भन्दा पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने सुझाव दिएका छन ।

अध्यक्ष प्रचण्डले विश्वासको मत लिन प्रधानमन्त्रीले विघटन गरेको संसद्मा नै विश्वासकाे मतकाे अपिल गरिरहनु भएको छ र मौका पाए फेरी पनि सांसद विघटन गर्ने सोचमा रहेको आरोप लगाएका छन । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बन्ने सम्भावना यही सदनबाट सम्भव रहेको र सम्भावना खोजिने समेत प्रचण्डले दावी गरेका छन ।

यसैगरी प्रधानमन्त्रीले संविधान, विधि र कानुन विपरीत स्वेच्छाचारी ढङ्गले अघि बढेको, संसद् विघटन जस्ता असंवैधानिक कदम चालेको भन्दै सबैलाई विश्वासको प्रस्तावको विपक्षमा मत हाल्न समेत अध्यक्ष प्रचण्डले आग्रह गरेका थिए । यस्तै, कोरोनाको संक्रमण नियन्त्रणका लागि आफ्नो पार्टीबाट पूर्ण सहयोग रहेको अध्यक्ष प्रचण्डले बताउँदै प्रधानमन्त्री आफु अनुशासनमा नबसेर सभा सम्मेलन गरेर हिँडेका कारण कोरोना धेरै फैलिएको जिकिर गरेका छन ।

बालुवाटारमा बसेर प्रधानमन्त्रीले धेरै विकास निर्माणका कामको शिलान्यास गरेको भए पनि बजेट र त्यसको निर्माणमा ध्यान सुन्य रहेकाे र प्रधानमन्त्रीले भने जस्तो जनताले महसुस गर्न नसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट