होम पेज » राजनिति » बिपि प्रतिस्ठानमा खबरदारी ; जनताको स्वास्थमाथी खेलबाड गरेको आरोप

जेठ १०, २०७८ – केही समय यता बिपि प्रतिष्ठानमा भएको लापरबाही र गैरजिम्मेवार कार्यहरुको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि धरानमा राजनीतिक दलहरु एकमुष्ट रूपमा खबरदारी गर्न निस्किएका छन् ।

अक्सिजन अभाव रहेकाले यथाशीघ्र अक्सिजन प्लान्ट मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा लापरबाही नगर्न माग गर्दै धरानका राजनीतिक दलहरुले प्रतिष्ठानलाई दबाब दिएका छन् । नेकपा एमाले (माधव नेपाल पक्ष), नेकपा माओवादी पार्टी,नेपाली कांग्रेस,जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुक्ति पार्टी लगायतले आज प्रतिष्ठानको उपकुलपतिलाई कार्यकक्ष अघि धर्ना दिँदै दबाब दिएका थिए ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पताललाई गुणस्तरीय नबनाएको र पदाधिकारीहरु गैरजिम्मेवार भएकोले ध्यानाकर्षण गराउन सर्वदलीय टोली शान्तिपुर्णरुपमा आएको बताएका थिए ।

विरामीहरुले भेन्टिलेटर नपाएर, अक्सिजन अभावमा ज्यान गुमाइरहेको तर पदाधिकारीहरु भने कमिशन र भ्रष्टचार गर्नमै ब्यस्त भएको भन्दै एमाले नगर अध्यक्ष नारायण सुबेदीले आरोप लगाउनुभयो । उहाले उपकुलपति यस्तो हुदा पनि चुप बस्नुमा जनताको जीवनमाथि नै खेलवाड गरेको भन्दै आक्रोस समेत पोख्नुभएको छ ।

अक्सिजन अभावका कारण केही समय यता बिरामी भर्नामा रोक लगाएको भन्दै टिकाटिप्पणी समेत भएको थियो । प्रदेश न १ कै धरोहरको रुपमा चिनिएको बिपि प्रतिस्ठान विभिन्न राजनीतिक दलहरुको अखडाको रुपमा परिचालित रहेको छ । कोरोना महामारीको दोस्रो लहर संगै जनमनसमा प्रतिस्ठान प्रती आशा पलाउनुको सट्टा झन बिश्वास हटेर गएको छ । यो बिसयमा स्थानीय सरकार, प्रदेश सरकार समेत मौन भएर बसेको अवस्था छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट