होम पेज » राजनिति » जसपा अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई तीन दिन भित्र स्पष्टिकरण माँगे

जेष्ठ ११, २०७८ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिन भित्र स्पष्टिकरण पठाउन आग्रह गर्दै पत्र काटेका छन ।

उनले विभिन्न ७ वटा बुदागतरुपमा विषयहरु उल्लेख गर्दै स्पष्टिकरण तीन दिन भित्र पठाउन पत्र पठाएका छन । विगत केहि दिनहरुमा अर्का अध्यक्ष यादवको काम कारबाहि र क्रियाकलापहरु पार्टीको मुल्यमान्यता निति तथा विधान भन्दा विपरित भएको उनले आरोप लगाएका छन । उनले पर्टीको विधानको ४९ मा भएको अनुशासनको कारबाहि सम्बन्धी व्यवस्था अनुसार स्पष्टिकरण सोधेको पत्रमा उल्लेख गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट