होम पेज » राजनिति » नेपाली कांग्रेस सम्बद्ध संगठनको विज्ञप्ती प्रति नेता सचित शर्माको आपत्ती

नेपाली कांग्रेस सुनसरी जिल्ला समितीको लेटर प्याडमा कृत्य भएको आरोप

जेष्ठ २२, २०७८ – नेपाली कांग्रेस संबद्ध विभिन्न भातृ संगठन लगायत र जिल्ला कार्यसमितिको लेटरप्याडमा पत्रकारलाई धम्की दिदै निकालिएको विज्ञप्ती प्रती नेपाली कांग्रसका एक नेताले आपत्ती जनाएका छन ।

एक्सन धरानका संयोजक तथा नेपाल बिद्यार्थी संघका पुर्व सह–महामन्त्री सचित शर्माले एक विज्ञप्ती सार्वजानिक गर्दै नेपाली कांग्रेस सुनसरीको लेटर प्याडमा कृत्य भएको आरोप लगाएका छन । प्रकाशित समाचारको श्रोत र विषय गलत भएको खण्डमा व्यक्ति स्वयंले खण्डन गर्ने र चित्त नबुझेको खण्डमा वा आवश्यक परेको अवस्थामा कानुनी उपचार सम्म जान सक्ने मार्ग खुल्ला रहँदा रहँदै पनि यस्तो आपत्तीजनक शब्द प्रयोग गर्दै विज्ञप्ती निकाल्नु गलत भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन । यसले गर्दा संगठनप्रतिको नागरिकको विश्वसनियता ध्वस्त हुने उनको भनाइ छ । सर्दु जलाधार क्षेत्रकाे जग्गा हडपेकाे सवालमा नेपाली कांग्रेस किशाेर राईकाे नाम मुछिएकाे भन्दै पत्रकार रत्न आचार्यलार्इ कालाे मसाे दल्ने धम्कीपुर्ण विज्ञप्ती सार्वजानिक गरिएकाे थियाे ।

विज्ञप्ति

धरानको जिम्मेवार युवा भएको कारणले पनि सर्द जलाधार क्षेत्रको जग्गा हडप्न मुख्य भुमिका खेलेका जो कोहि दलका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका कर्मचारी, मालपोत कार्यालयका कर्मचारि र नापी विभागका कर्मचारिहरुलाई छानविन गर्न उनले विज्ञप्ती मार्फत माँग गरेका छन । यो सँगै उक्त गतिविधिमा दोषी ठहरिएका सबैलाई कानुनी कार्वाही गरि धरानको प्रमुख खानेपानीको श्रोत सर्दु जलाधारलाई संरक्षण गर्न जोडदार माँग गरेका छन ।

समाचार लेखेकै आधारमा पत्रकारलाई धम्कीपुर्ण गतिविधि गर्नु प्रेस स्वतन्त्रतामाथि धावा भएको भन्दै पुर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्बन्धित सबै निकायलाई विज्ञप्ती मार्फत शर्माले अनुरोध गरेका छन । विज्ञप्तीमा उनले भनेका छन सम्मानित अदालतले टुंगो लगाइसकेको विषयमा नेपाली कांग्रेस सुनसरीको नाममा निकालिएको विज्ञप्ती व्यक्ति केन्द्रित र मिडिया केन्द्रित हो । यस्ता खाले गतिविधिले पार्टीको विश्वसनियता र लोकप्रियताको धरातल नै ध्वस्त हुने भन्दै आगामी दिनमा विबेकपुर्ण निर्णय गर्न नेपाली कांग्रेस सुनसरी समितिलाई उनले आग्रह समेत गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट