होम पेज » राजनिति » ओलीको एकपक्षीय वक्तव्यले एमाले जुटेन नसक्ने– रामकुमारी झाँक्री

यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो

जेष्ठ २३, २०७८ – नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निकालेको बक्तव्यको आधारमा पार्टी मिल्न सक्ने सम्भावना नरहेको युवा नेतृ राम कुमारी झाँक्रीको भनाइ छ ।

हाल कामचलाउ सरकारको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेको संरचनालाई २०७५ जेष्ठ ३ गते पूर्वको अवस्थामा लैजान तयार रहेको ६ बुदे वक्तव्य आइतवार राति निकालेपछि नेतृ झाँक्रीले यस्तो धारण व्यक्त गरेकी हुन । एमालेका बरिष्ठ नेता माधब कुमार नेपाल पक्षमा सबै भन्दा खरो ओलीको आलोचक नेतृ झाँक्रीले सुरुमा वक्तव्य पढ्दा खुशी लागे पनि यसलाई एक पक्षीय भन्दै सामाजिक सञ्जारमा लेखेकी छन ।

उनले यदि ओली साँच्चिकै एकता चाहने हो भने माधवकुमार नेपालसहितको संयुक्त वक्तव्य आउनुपर्ने धारण व्यक्त गरेकी छन । उनले भनेकी छन यो साँच्चै एकताको लागि गरिएको भए दुई पक्षबीच सहमति गरि वरिष्ठ नेता माधव नेपालसहितको संयुक्त वक्तव्य आउनु पथ्र्यो । यो खालको वक्तव्य एकतर्फी घोषणा गरेर एकता गर्न नखोजिएर झुक्याउन र अल्मल्याउन खोजिएको उनले आरोप लाएकी छन ।

ओलीको यो एकतर्फी वक्तव्यले पार्टीलाई एकताको मार्गमा नभएर पार्टि फुटको मार्ग तर्फ धकेलेको उनको आरोप छ । उनले भनेकि छन यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दै उनले विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतीक परिस्थितिबारे पार्टीको स्थायी कमिटीको बैठक बसी संस्थागत धारणा दिइने बताएकी छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट