होम पेज » राजनिति » कर्णालीमा फ्लोरक्रस गर्ने चार सांसदको पद जोगीयो

जेष्ठ २७, २०७८ – कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदको पद जोगीएको छ । नेकपा एमालेको ती चार सांसदलाई कार्वाहि गर्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका ती चार सांसदले दायर गरेको रिटमा बिहिबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उक्त आदेश दिएको हो । सो इजलासले प्रदेश सभा सचिवालयको नाममा आदेश दिएको हो । माधप पक्षका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाहि र नन्दबहादुर बुढाले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

पार्टीको निर्णयविपरित मतदान गरेको भन्दै उनीहरुलाई नेकपा एमाले ओली पक्षले सांसद र पार्टीबाट कार्वाह िगरको थियो । नेकपा भंग भई सर्वोच्चले एमाले र माओवादी पार्टीलाई पुरानो अस्तित्वमा पुर्याएपछि एमालेले माओवादी नेतृतव सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोहि निर्णयको विपरित उनिहरु गएका थिए ।

उनिहरुले अदालतमा पार्टीले सरकारबाट बाहिरिने. निर्णय नगरेको र ह्वीप पनि जारि नगरेकाले कारबाहि गर्न नमिल्ने स्पष्टिकरण दिएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट