होम पेज » राजनिति » प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरको पनि विश्वासको मत

श्रावण ०३, २०७८ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधामन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन ।

सर्वोच्च अदालतद्धारा पुनःस्थापित प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ठाकुरले देउवालाई विश्वासको मत दिने घोषणा गरेका हुन । प्रधानमन्त्री देउवालाई बधाई दिँदै उनले भने वहाँले जुन प्रस्ताव राख्नुभएको छ, त्यसको समर्थनमा हामी हाम्रो पार्टिको तर्फबाट मत दिन्छौँ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले पटक–पटक प्रधानमन्त्रीलाई समर्थन गरे पनि जसपाले उठाएको माँग भने पुरा नभएको गुनासो व्यक्त गरे ।

अब विश्वासको मत प्राप्त गर्दै प्रधानमन्त्री बन्नु हुने देउवालाई पुनः मधेश आन्दोलनलाई स्मरण गर्र्दै हाम्रो माँगलाई पुरा गर्न आग्रह गर्दै आफ्नो मत देउवाको पक्षमा दिने बताए । देउवा जनताको मतले नभई सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको उनले टिप्पणी गरेका छन । सम्बोधनकै क्रममा उनले भने देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य कारण नै संविधान रहेको हो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु