होम पेज » राजनिति » प्रतिगमनलाई परास्त गर्न देउवा सरकारलाई विश्वासको मत : दुर्गा पौडेल

श्रावण ०३, २०७८ – प्रतिगमनको प्वालहरु टाल्नका लागी सरकारमा सहभागी दलहरुबीच गठबन्धन आवश्यक रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताएकी छिन । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले हरेक प्रतिगमन परास्त गर्नलाई यो गठबन्धन आवश्यक रहेको बताइन ।

जनताको खुन र पसिनाले प्राप्त संविधानलाई अवहेलना गर्ने केपी ओली सरकारको प्रतिगमन ढलेको छ तर पुर्ण रुपमा प्रतिगमन ढलि नसकेको उनले बताइन । उनले भनिन जुन संविधानले उनलाई प्रधानमन्त्री बनायो सोही संविधानलाई कुल्चिनु नै सबै भन्दा ठुलो प्रतिगमन रहेको उनको ठहर छ ।

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादु देउवालाई विश्वासको मत दिँदै सरकारलाई खबदारी गर्ने उनले बताएकी छिन । सरकारको राम्रो कामको लागी समर्थन र नराम्रो कामको लागी विरोध गर्दै अघि बढ्ने उनले बताइन । सम्बोधनको अन्तिममा उनले भनिन देउवा नेतृत्वको सरकारलाई पूर्ण सफलताको कामना गर्दै विश्वासको मत दिने प्रतिवद्दता जाहेर गरेकी छिन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु