होम पेज » राजनिति » प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरे

श्रावण ०३, २०७८ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन । नवनियुक्त प्रधानमन्त्रीले आफ्नो पक्षमा १६५ मत प्राप्त गरेका छन भने विपक्षमा ८३ मत परेको छ ।

प्रधामनमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २७१ जना सांसदमा आजको प्रतिनिधि सभाको बैठकमा २४९ जना सांसदको उपस्थिति रहेको थियो । उपस्थित सांसदहरुबाट १६५ मत देउवाको पक्षमा आएको थियो ।

प्रतिनिधि सभाको १७१ सांसदमा विश्वासको लागी १३६ मत आवश्यक रहन्छ । प्रधानमन्त्री देउवाले आवश्यकभन्दा २९ मत बढी प्राप्त गरेका छन । आज आइताबार बसेको पुनस्र्थापित प्रतिनिधि सभाको पहिलो दिनको दोश्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन प्रस्ताव राखेको थिए । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीका यादव र ठाकुर पक्ष र जनमोर्चाका सांसदले मत दिएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु