होम पेज » खेलकुद » धरानको द राईजिङ क्लब राष्ट्रिय फुटसल लिगमा सहभागी जनाउँदै पोखरा जाने

भाद्र २५, २०७८ – नेपालमै पहिलो पटक पोखरामा आयोजना हुन गइरहेको नेशनल फुटसल लिग खेल्न जाने धरानको द राईजिङ क्लबका खेलाडी तथा टोली व्यवस्थापकलाई आज विदाई गरिएको छ । धरानको बगरकोटस्थित भिन्टेज फेमेली रिसोर्टमा एक कार्यक्रम बिच क्लबका खेलाडी र व्यवस्थापन सहित १७ जनालाई क्लबले विदाई गरेको हो ।

धरानको द राईजिङ क्लबले प्रदेश १ बाट राष्ट्रिय फुटसल लिगमा सहभागीता जनाउँदैछ । प्रदेश स्तरिय छनोट खेलमा १० टोली मध्यबाट द राईजिङ क्लब र फुटसल फायभ टोली छनोट भई २ टोलीले उक्त लिगमा सहभागीता जनाउँदैछन । नेपालमा पहिलो पटक हुन लागेको यो लिगमा प्रत्येक प्रदेशबाट कम्तिमा २ टोलीले भाग लिनेछन । प्रदेश २ मा भने फुटसल खेल हल नभएकोले प्रदेश २ बाट सहभागीता छैन भने बागमती प्रदेशबाट ४ टोलीले सहभागीता जनाउँने भएको छ । अन्य प्रदेशबाट भने २/२ टोलीले सहभागीता जनाउने भएका छन ।

यही भदौ २८ गते पोखरा प्रस्थान गर्ने टोलीमा टिम मेनेजर रवि राई, टिम कोच युवेन्द्र लिम्बु र स्वास्थ्यकर्मी विजय श्रेष्ठ लगायत १४ जना खेलाडी गरि १७ जना रहेका छन । करिब ३ महिना पहिले प्रदेश १ को विभिन्न जिल्लाबाट छनौट भएको १० वटा टोलीबीच इटहरीमा छनौट प्रतियोगीता भएको थियो । छनौट खेलमा फुटसल फायभले विजय प्राप्त गर्दै लिगमा सहभागीता जनाएको हो भने द राईजिङ क्लबले उपविजेता बन्दै लिगको लागी छनौट भएको हो ।

आगामी असोज २ देखि २२ सम्म सञ्चालन हुने यो लिगमा विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन । यो लिगको लागी विगत ६ महिना देखि नै तयारी भइरहेको थियो यस कारण पनि हामि उच्च मनोवलका साथ जित्ने लक्ष्य बोकेर पोखरा जाने टिम मेनेजर राईले बताए । यो लिग प्रतियोगीता मात्र नभएर राष्ट्रिय टिमको लागी खेलाडीहरु छनोट हुने भएकोले पनि आफ्नो क्लबको सकेसम्म अधिकतम खेलाडीले राष्ट्रिय टिममा पर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने मेनेजर राईले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट