होम पेज » खेलकुद » ठुलो नगद पुरस्कार राशिको सिंगापुर मितेरि फुटसल प्रतियोगिता हुने

ट्राफिक मिरर जडान र एकल महिला घर निर्माणमा सहयोग गरिने

विकास चाम्लिङ्ग राई,
आश्विन ०६, २०७८ – एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरि फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यहि असोज १० गते देखि १२ गते सम्म तिन दिनको हुने आयोजक मितेरि फुटसल र सिंगापुर लिफ टिमले वुधवार एमसि क्याफे वुद्ध चौकमा वुधवार पत्रकार सम्मेलन गरि पत्रकारहरुलाई जानकारी गराएका छन । मितेरि फुटसलले यस अघि पनि विभिन्न च्यारिटेवल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भए पनि यस पटक देखि वृहत कार्यक्रमको आयोजना सुरुवात गरिएको मितेरि फुटसलका संचालक एवंम अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए ।

प्रतियोगिताको उपविजेताले पच्पन्न हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै गरि उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनहि नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने राइले जनाए ।

प्रतियोगितामा धरान, इटहरी , काठमाण्डौ, पोखरा, चितवन, मोरङ्ग, झापा, धनकुटा, लगायत वाट करिव ३० टिमले सहभागिता जनाउनेछ । प्रतियोगिता वाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरु गरि ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरुको पहलमा १७ नं. वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जानकारी गराए ।

आयोजक मितेरि फुटसल २०७५ सालमा स्थापना भएको हो । फुटसल संगै इन्डोर व्याडमिन्टन हल, जिम हल रहेको छ भने क्याफे र स्विमिङ्गपुल वन्ने क्रममा रहेको छ । धरान उपमहानगरको खेलकुद विकासमा टेवा पुग्ने गरि मितेरी फुटसलको यस संगै अन्य धेरै खेलकुद अन्तर्गत व्यवसायीक योजनाहरु समेत रहेको संचालक राईले जानकारी गराएका छन । त्यस्तै गरि अर्का आयोजक सिंगापुर पुलिस लिफ टिम सिंगापुर वाट छुट्टिमा नेपाल आएका धरानका सिंगापुर पुलिस टिम हुन । छुट्टििमा आएका समुहले सामाजिक उत्तरदायीत्व पनि निर्वाह गरेको हुने भएकोले छुट्टिमा आएको वेला च्यारिटेवल प्रतियोगितको आयोजनामा सहकार्य गरेको सिंगापुर लिफ टिम सदस्य विपिन लिम्वुले जनाए ।

प्रतियोगितामा आयोजनक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिमको सहभागिता रहनेछ । प्रतियोगिता प्रचार प्रसारको लागि पत्रकार सम्मेलन पहिलो कार्यक्रम रहेको र प्रचारको दोस्रो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी टिम र पुर्व सिंगापुर पुलिस टिम विच आसोज ८ गते मैत्रिपुर्ण फुटसल खेलिने आयोजकले जनाए । अनुमानित १५ लाख रुपैयाको वजेट रहेको प्रतियोगिताको असोज ९ गते विहान खेल तालिका तयार गरिने र १० गते विहान ८ वजे देखि औपचारिक कार्यक्रम सहित प्रतियोगिता उद्घाटन हुनेछ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट