होम पेज » खेलकुद » च्यारिटेवल सिंगापुर मितेरि फुटसल प्रचारका लागि पत्रकार संग मैत्रीपुर्ण खेल

विकास चाम्लिङ राई,
अश्विन ०८, २०७८ –  च्यारिटेवल प्रथम सिंगापुर मितेरि फुटसल प्रतियोगिताको प्रचारको लागि शुक्रवार संपन्न भएको मैत्रीपुर्ण खेलमा पुर्व सिंगापुर पुलिस टिम विजयी भएका छन । पुर्व सिंगापुर पुलिस टिमले नेपाल पत्रकार महासंघ, सुनसरी टिमलाई १३ – ११ गोल अन्तरले पराजित गरेका छन । प्रतिश्पर्धात्मक भएको खेलमा पुर्व सिंगापुर टिमका पुर्व सिंगापुर चिफ इन्स्पेक्टर श्याम लिम्वुले व्यक्तिगत ६ गोल गरेका थिए भने, पत्रकार महासंघको तर्फ वाट व्लाष्ट टाइम्स दैनिकका भोजराज श्रेष्ठले व्यक्तिगत ५् गोल गरेका थिए । खेल पश्चात आयोजक मितरी फुटसलका तर्फ वाट पत्रकार महासंघलाई मायाको चिनो प्रदान गरेको थियो । मायाको चिनो मितरी फुटसलका अध्यक्ष लुकेन्द्र राई र पुर्व सिंगापुर एसपि विरेन्द्र विक्रम लिम्वुको हात वाट महासंघ अध्यक्ष जनकऋषि राईलाई प्रदान गरिएको थियो ।


मितेरि फुटसल र सिंगापुर पुलिस लिफ टिमको आयोजनामा यहि असोज १० गते देखि १२ गते सम्म सिंगापुुर मितेरी फुटसल प्रतियोगिता हनेछ । प्रतियोगिता प्रचारप्रसारका लागि पहिलो चरणमा असोज ६ गते पत्रकार सम्मेलनको आयोजना गरियो भने दोस्रो चरणमा पत्रकार महासंघ सुनसरी टिम संग मैत्रिपुर्ण खेल खेलिएको मितेरि फुटसलका संचालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए । यसै गरि असोज ९ गते सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गर्दै खेल तालिका तयार गर्ने र १० गते विहान ८ वजे देखि प्रतियोगिताको औपचारीक उद्घाटन गरि सुरुवात गरिने राईले जनाए ।


प्रतियोगितामा धरान, इटहरी , काठमाण्डौ, पोखरा, चितवन, मोरङ्ग, झापा, धनकुटा, लगायत वाट करिव ३० टिमले सहभागिता जनाउनेछ । प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैया, उपविजेताले पच्पन्न हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै गरि उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनहि नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगिता वाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरु गरि ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरुको पहलमा १७ न.ं वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट