होम पेज » खेलकुद » च्यरिटेवल सिंगापुर मितेरि फुटसलमा च्याम्स, एफविसि, मितेरि र ग्याटिस टिम सेमिफाइनल प्रवेश

विकास चाम्लिङ्ग राई,
आश्विन ११,२०७८ – च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको दोस्रो चरणको खेल संपन्न भएको छ । दोस्रो चरणको आज भएको प्रि–क्वाटर र क्वाटर फाइनलमा विजयी हुदै च्याम्स, एफविसि, आयोजक मितेरी र ग्याटिस टिमले सेमिफाइनलमा आफ्रनो स्थान पक्का गरेको हो ।

क्वाटर फाइनल खेलमा च्याम्सले कम्व्याट टिमलाई ४–१, मितेरिले एफएफसिलाई ४–१ र ग्याटिसले जिजिएफसिलाई ३–२ गोल अन्तरले पराजित गरेका थिए । त्यस्तै गरि एफविसि र चेल्सि वि टिम निर्धारित समय सम्म वरावर दुई दुई गोल भएपछि टाइवेकरमा २–१ गोल अन्तरले पराजित गर्दै एफविसि टिम सेमिफाइनलमा प्रवेश गरेका छन । मितेरि फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आयोजित प्रतियोगितामा आज मात्र प्रिक्वाटर र क्वाटर फाइनल गरि १३ खेल संपन्न भएको थियो । भोलि मंगलवार विहान ११ वजे देखि सेमिफाइनल र फाइनल खेल दुवै एकै दिन हुने मितेरी फुटसलका संचालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए ।

धरान ११ नवकला चोकमा रहेको मितेरी फुटसलमा संपन्न प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैया, उपविजेताले पच्पन्न हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै गरि उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनहि नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । भोलि मंगलवार हुने फाइनल खेल एन्फा पुर्व प्रवक्ता एवं सदस्य किरण राईको प्रमुख अतिथिमा संपन्न हुने आयोजकले जनाएको छ ।

तस्विरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट