होम पेज » खेलकुद » च्यरिटेवल प्रथम सिंगापुर मितेरि फुटसलको उपाधि एसपिसिको कव्जामा

विकास चाम्लिङ्ग राई,
आश्विन १२, २०७८ – च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको उपाधि एसपिसि धरानले चुमेको छ । मंगलवार भएको फाइनल खेलमा एसपिसिले ग्याटिस टिम माथि ५–० गोलक अन्तरमा सहज जित निकाल्दै उपाधी माथी कव्जा जमाएको हो ।

एसपिसिले उपाधि संगै नगद एक लाख ११ हजार १ सय एघार रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । उपविजेता ग्याटिसले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । फाइनल खेलमा हाइस्कोर उपाधि विजेता एसपिसिका अर्जीन भण्डारीले दुई, सदर्शन श्रेष्ठ, अंकित भुजेल र एजि श्रेष्ठले एक एक गोल गरेका थिए । अर्जीनले प्रतियोगिता अवधिभर दश गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडिको उपाधि ग्याटिसका समिर गुरुङ्ग र उत्कृष्ट गोलकिपर उपाधि एसपिसिका सारंश भट्टराईले जितेका थिए । उनिहरुले जनहि नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राई, प्रमुख अतिथि अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय प्रथम उपाध्यक्ष ,एन्फा केन्द्रिय सदस्य एवं पुर्व प्रवक्ता किरण राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, सिंगापुर लिफ टिम सदस्य विपिन लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए । आजै सम्पन्न प्रतियोगिताको सेमिफाइनल खेलमा ग्याटिसले आयोजक मितेरी फुटसल टिमलाई ७ – २ र एसपिसिले च्याम्सलाई ३ – २ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

मितेरि फुटसल र सिंगापुर वाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको आयोजनामा यहि असोज १० देखि सुरु भएको च्यारीटेवल प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता वाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरु गरि ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरुको पहलमा धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माण अभियानमा सहयोग गरिने आयोजकले जानाएको छ । प्रतियोगिताको संम्पुर्ण खेल धरान ११ नवकला चोकमा रहेको मितेरि फुटसलमा संपन्न भएको थियो ।
तस्विरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट