होम पेज » खेलकुद » च्यरिटेवल प्रथम सिंगापुर मितेरि फुटसल सम्पन्न (फाेटाेफिचर)

आश्विन १२, २०७८ – धरानमा आयाेजित च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता आज सम्पन्न भएकाे छ । आज भएको समापन खेलमा एसपिसिले ग्याटिस टिमलाइ ५–० गोलकाे अन्तरले पराजित गर्दै उपाधी हात पारेका हो ।

यहि असाेज १० देखि सुरू भएकाे यस प्रतियाेगीतामा ३० टिमकाे सहभागीता रहेकाे थियाे । असाेज १० गते पहिलाे चरणकाे खेल सम्पन्न गरिएकाे थियाे भने हिजाे ११ गते क्वार्टर फाइनल सम्मकाे खेल गरिएकाे थियाे । आज समापनकाे दिन भने सेमि फाइनल खेल र फाइनल खेल खेलाइएकाे थियाे । प्रतियाेगीता धरान उपमहानगरपालिकाका मेयर तिलक राईकाे प्रमुख आतिथ्यमा उद्घाटन खेल खेलाइएकाे थियाे । साे प्रतियाेगीताकाे फाइनल खेलमा अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय प्रथम उपाध्यक्ष ,एन्फा केन्द्रिय सदस्य एवं पुर्व प्रवक्ता किरण राई प्रमुख अतिथी रहेका थिए ।

मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राईकाे अध्यक्षतामा गरिएकाे प्रतियाेगीताकाे समापन खेलमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतका विभिन्न खेल क्षेत्रका व्यक्तित्वहरूकाे अतिथिकाे रूपमा उपस्थिती रहेकाे थियाे । प्रतियाेगीताकाे विजेता तथा उपविजेता टाेलीलाइ सभाध्यक्ष, प्रमुख अतिथि र अतिथीहरूले पुरस्कार वितरण गरेका थिए ।

एसपिसिले उपाधि संगै नगद एक लाख ११ हजार १ सय एघार रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । उपविजेता ग्याटिसले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । फाइनल खेलमा हाइस्कोर उपाधि विजेता एसपिसिका अर्जीन भण्डारीले दुई, सदर्शन श्रेष्ठ, अंकित भुजेल र एजि श्रेष्ठले एक एक गोल गरेका थिए । अर्जीनले प्रतियोगिता अवधिभर दश गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडिको उपाधि ग्याटिसका समिर गुरुङ्ग र उत्कृष्ट गोलकिपर उपाधि एसपिसिका सारंश भट्टराईले जितेका थिए । उनिहरुले जनहि नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन ।

मितेरि फुटसल र सिंगापुर वाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको आयोजनामा यहि असोज १० देखि सुरु भएको च्यारीटेवल प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता वाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्प देखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरु गरि ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरुको पहलमा धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माण अभियानमा सहयोग गरिने आयोजकले जानाएको छ । प्रतियोगिताको संम्पुर्ण खेल धरान ११ नवकला चोकमा रहेको मितेरि फुटसलमा संपन्न भएको थियो ।
तस्विरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट