होम पेज » खेलकुद » दशैँ तथा दिपावली शुभकामना आदानप्रदान सहित मैत्रीपुर्ण ब्याड्मिन्टन प्रतियोगीता

आश्विन १९, २०७८ – दशैँ तथा दिपावलीको अवसर पारेर धरान १३ मा रहेको अमर सेवा समाजले मैत्रीपुर्ण नगरस्तरिय ब्याडमिन्टन प्रतियोगीता आयोजना गर्ने भएको छ ।

अमरहाट ब्याडमिन्टन कवर्डहलको खेलाडी सदस्यहरुबिच भाईचारा, मैत्रीभाव कायम राख्ने र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले यो प्रतियोगीताको आयोजना गरिएको प्रतियोगीता व्यवस्थापन समिति सचिव गोपाल श्रेष्ठले बताए । प्रतियोगीतामा महिला डबल, भेट्रान डबल (५० वर्ष माथि उमेर समुहका) र बि र डी पुरुष डबल गरि ३ क्याटेगोरीका खेलाडीहरुको प्रतिस्पर्धा गराइने सचिव श्रेष्ठले बताए । पुरुषको सवालमा राष्ट्रिय तथा प्रदेश स्तरको खेल खेलिसकेका खेलाडीलाई यस प्रतियागीतामा सहभागी नगराइने उनले बताए । यहि असोज २१ गते देखि २३ गते सम्म आयोजना हुने यस प्रतियोगीताको लागी हाल धमाधम छनोट खेल भैरहेको छ ।

अमर सेवा समाज र अमरहात ब्याडमिन्टन हलको संयुक्त आयोजनामा हुने यस प्रतियोगीतामा उक्त कवर्डहलका खेलाडी सदस्यहरुलाई मात्र सहभागी गराउने प्रावधान छ । धरान मदिरा व्यवसायी संघ संयोजक रहेको यस प्रतियोगीता अमरहाट कवर्डहलमा खेल खेलाइनेछ । अहिले उक्त प्रतियोगीताको लागी लिग खेल मार्फत सहभागीहरुको छनोट गरिदैँछ । प्रतियोगीता व्यवस्थापन सचिव श्रेष्ठले जनाए अनुसार हालसम्म महिला सहभागीहरुको छनोट भैरहेकोले यस छनोट खेलमा ११ टोलीले सहभागीता जनाएका छन । पुरुष सहभागीहरु भने कति टोलीले सहभागीता जनाउने भन्ने भोली टुङ्गो लाग्ने छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट