होम पेज » खेलकुद » नगरस्तरिय मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगीता खेल भब्यताका साथ सम्पन्न (फोटोफिचर)

आश्विन २३, २०७८ – दशै तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान सहित नगर स्तरिय मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगीता भव्यताका साथ सम्पन्न भएको छ ।

धरान १३ स्थित अमर सेवा समाज र अमरहाट कबर्ड हलको संयुक्त आयोजनामा गरिएको सो प्रतियोगीतामा ३ समुहगत रुपमा विभाजन गरि खेलाडीहरुलाई सहभागी गराइएको थियो । विषेश गरेर कर्वहल खेलाडी सदस्यहरुबिचको सम्बन्धलाई प्रगाड, मैत्रीभाव कायम राख्ने उद्देश्यले शुभकामना आदानप्रदान सहित मैत्रीपुर्ण खेलको आयोजना गरिएको प्रतियोगीता व्यवस्थापन सचिव गोपाल श्रेष्ठले जानकारि दिएका छन । प्रतियोगीतामा महिला डबल, भेट्रान डबल र खुल्ला पुरुष डबल गरि ३ समुहगत रुपमा खेलाडीहरुलाई सहभागी गराइएको थियो ।

आज तीेनै समुहको फाइनल खेल गराउँदै प्रतियोगीताको समापन गरिएको थियो । आज भएको पहिलो फाइनल खेलमा भेट्रान तर्फबाट बम राई र सत्य नारायण राईको जोडीले जित हात पारेका छन । जितको लागी यो जोडिले बिशाल लिम्बु र तेज लिम्बुको जोडीलाई पहिलो सेटमा १८–२१ अंकले पछि पारेका थिए भने दोश्रो सेटमा पराजित भएका थिए । पहिलो सेट जिते पनि दोश्रो सेटमा १४–२१ हार बेहोरेका बम राई र सत्य नारायण राईको जोडीले तेश्रो सेटको सामना गर्नुपरेको थियो । बिशाल लिम्बु र तेज लिम्बुले निकै टक्क दिएको यो राई जोडीलाई तेश्रो सेट निकै सकसपुर्ण जित हात पर्यो । बराबरीमो अघि बढेको खेलमा दुबै जोडीले २०/२० अंक ल्याएपछि खेल २२–२४ को अंकमा पुगेर खेलले निर्णायक परिणाम पाएको थियो ।

त्यसै गरेर दोश्रो फाइनल खेलमा महिला तर्फबाट इन्दिरा राई र सपना राईको जोडीले जित हात पारेका छन । जितको लागी यो जोडिले निर्मला राई र दुर्गा राईको जोडिसँग भिडेको थियो । निकै नै बलियो प्रतिस्पर्धि ठानिएको निर्मला र दुर्गाको जोडिलाई इन्दिरा र सपनाको जोडीले पहिलो सेटमा १९–२१ अंक र दोश्रो सेटमा १८–२१ अंकले पछि पार्दै सोझो सेटमा आफ्नो जित निकालेका थिए । त्यस्तै पुरुष डबलमा जित राई र विकाश लिम्बुले जित हात पारेका छन । आफ्नो जितका लागी यो जोडिले विनायक ताम्राकार र रुपेश कटुवालसँग प्रतिस्पर्धा गरेका थिए । पहिलो सेटमा जित र विकाशको जोडिले बिनायक र रुपेशको जोडीलाई १६–२१ अंकले पछि पार्दै जितको सुरुवात गरेको थियो । दोश्रो सेटमा बिनायक र रुपेशको जोडिलाई ४–२१ अंकले पछि पार्दै जित र बिकाशको जोडिले सहज जित निकालेको थियो ।

यस्तै यस प्रतियोगीतामा खुल्ला पुरुष तर्फबाट मनोज अग्रवाल/राजेश बर्मा र सन्तोष लिम्बु/शिव लिम्बु तेश्रो भएका छन भने भेट्रान तर्फबाट लक्ष्मीकृष्ण श्रेष्ठ/तिर्थ लिम्बु र राम प्रसाद लिम्बु/लेखराज सुब्बा तेश्रो भएका छन । यसैगरेर महिला तर्फबाट सुनिता लिम्बु/टिकामाया बरायली र स्वेता राई/गिता राई तेश्रो भएका छन । सम्पुर्ण विजेता खेलाडीलाई ट्रफि, मेडल र नगद १० हजार पुरुस्कारले सम्मान गरिएको छ । यस्तै गरेर दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई क्रमश मेडल र नगद ५/५ हजार पुरुस्कारले सम्मान गरिएको छ । यस प्रतियाेगीताकाे प्रमुख प्रायाेजन मदिरा व्यवसाय संघ धरानकाे रहेकाे थियाे । यसका साथै खेलकै दाैरानमा मदिरा व्यवसाय संघले विजेता खेलाडीहरूलाइ विभिन्न गीफ्ट ह्याम्परले सम्मान गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट