होम पेज » खेलकुद » धरानमा हिमालयन मेघा कलेजको आयोजनामा मैत्रीपुर्ण फुटसल सम्पन्न, पत्रकार टोली विजयी

आश्विन २३, २०७८ – धरान स्थित हिमालयन मेघा कलेजले दशै तथा दिपावली शुभकामना आदनप्रदान सहित मैत्रीपुर्ण फुटसल प्रतियोगीता आयोजना गरेको थियो ।

हिमालयन मेघा कलेजले शुभकामना आदानप्रदान कार्यक्रम आफ्नै कलेजको हाता भित्र आयोजना गरे पनि मैत्रीपुर्ण फुटसल भने धरान १५ स्थित विग फुटसलमा आयोजना गरिएको थियो । प्रतियोगीतामा आयोजक मेघा कलेज, एनप्याब्सन र नेपाल पत्रकार महासंघ गरि ३ टोलीको सहभागीता रहेको थियो । आयोजक टोली र एनप्यब्सन टोलीले पहिलो खेल खेलेका थिए । पहिलो खेलमा आयोजक टोलीलाई एनप्याब्सन टोलीले ४–१३ गोल अन्तरले पराजित गर्दै फाइनल खेल प्रवेश गरेको थियो । यता नेपाल पत्रकार महासंघ भने बाइ टोलीको रुपमा खेलमा सहभागी बनेको थियो । आयोजक टोलीलाई पराजित गर्दै फाइनल छिरेको एनप्याब्सनले फाइनल खेलमा पत्रकार टोलीसँग पराजित भाग्नु परेको थियो ।

निकै नै प्रतिस्पर्धात्मक मैत्रीपुर्ण खेलमा पत्रकार टोलीले १०–१२ गोल अन्तरले एनप्याब्सनलाई पराजित गर्दै प्रतियोगीताको जित हात पारेको हो । निकै नै घम्साघम्सी प्रतिस्पर्धात्मक खेलमा एनप्याब्सनले पत्रकार टोलीसँग २ गोलको अन्तरले पराजित भोग्दै प्रतियोगीताको उपविजेतामा चित्त बुझाउनु परेको थियो । मैत्रीपुर्ण प्रतियोगीताको विजेता टोली नेपाल पत्रकार महासंघलाई ट्रफि र नगद पुरुस्कारले सम्मान गरिएको थियो भने उपविजेता टोली एनप्याब्सनलाई नगद पुरुस्कारले सम्मान गरिएको थियो ।

हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश आङ्देम्बेको अध्यक्षतामा गरिएको सो प्रतियोगीतामा एनप्याब्सन धरान नगर अध्यक्ष भगत सुब्बा, नगर कोषाध्यक्ष बसन्त राई, १ नम्बर प्रदेश सदस्य सागर खड्का र १ नम्बर प्रदेश सदस्य प्रवास राजवंशीको उपस्थिति रहेको थियो । विषेश गरेर एनप्याब्सन शिक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएकोले यस संस्थाको सम्मान गर्दै कलेज र संस्थाको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यो मैत्रिपुर्ण खेलको आयोजना गरिएको अध्यक्ष आङ्द्म्बेले बताए । यससँगै शिक्षा क्षेत्रको गुणस्तर र धरानको शिक्षालाई सञ्चारमाध्यमबाट शैक्षिक क्षेत्रमा योगदान पुर्याउन सदा शैक्षिक सँस्थाको साथमा रहने पत्रकार महासंघसँगको मैत्रीभाव बढाउने सोँचका साथ पत्रकार टोलीसँग पनि मैत्रीपुर्ण खेल खेलिएको उनेले बताए । मैत्रीपुर्ण खेलपछि हिमालयन मेघा कलेजको हाता भित्र रहेको सभाहलमा शुभकामना आदानप्रदान गरि कार्यक्रम समापन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट