होम पेज » खेलकुद » बंगलादेशलाई बराबरिमाे राेक्दै नेपाल फाईनल प्रवेश

आश्विन २७, २०७८- जारि साफ च्याम्पियनसिपकाे आज भएकाे चाैथाे खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । आज साँझ भएको खेलमा १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनल खेल्ने माैका पाएकाे हो । लिग चरणकाे चाैँथाे खेलमा नेपालले ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थान जमाउन सफल भएकाे छ ।

माल्दिभ्सकाे मालिमा भएकाे खेल निकै प्रतिस्पर्धात्मक भएता पनि बंगलादेशले खेलकाे पहिलाे गाेल गर्दै अग्रता लिएकाे थियाे । खेलकाे नवौँ मिनेटमा बंगलादेशकाे तर्फबाट सुमोन रेजाले गोल गर्दै नेपाललाई १ गाेलले पछि पारेको थियो । बंगलादेशले अग्रता लिएपछि नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो । खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । तर, बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटसम्म पर्खनुपरेको थियो । नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

त्यसपछि कुनै गोल हुन नसकेपछि नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ । माल्दिभ्सको ६ तथा भारतको ५ अंक रहेको छ । माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ । बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट