होम पेज » खेलकुद » हाम्रो कलेक्सन बास्केटवल उपाधि व्रदशले चुम्यो, मैत्रीपुर्ण खेलमा डिविए विजयी

विकास चाम्लिङ राई,
आश्विन २८, २०७८ – कलेक्सन द्धारा वुधवार आयोजित एक दिने हाम्रो कलेक्सन थी्र वाइ थी्र वास्केटवल खसि कपको उपाधि व्रदस बास्केटवल टिम धरानले चुमेको छ ।
व्रदसले फाइनल खेलमा इमोर्टल क्लव धरानलाई ११–१० अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । व्रदसले पुरस्कार स्वरुप २० केजिको खसि संगै प्रमाण पत्र प्राप्त गरेका छन । उपविजेता इमोर्टलले नगद २ हजार ५ सय रुपैया र प्रमाण पत्र प्राप्त गरे । अत्यन्त्य प्रतिश्पर्धात्मक भएको फाइनल खेलमा व्रदसका तर्फ वाट सर्वधन राईले व्यक्गित ७ अंक जोडेका थिए ।
प्रतियोगितामा सहभागि क्लवहरुमा अधिकांस प्रदेश १ र सुनसरी जिल्ला टिमका खेलाडिहरुको सहभागिता रहेको थियो । उपाधि विजेता व्रदस टिम वाट दुई जना प्रदेश १ बास्केटवल टिमका खेलाडि सर्वधन राई र सुजन राई र सुनसरी जिल्ला टिमका खेलाडि कविन मगर रहेको थियो । त्यस्तै गरि इमोर्टल टिममा प्रदेश १ बास्केटवल टिमका कप्तान नविन राई र सुनसरी टिमका खेलाडि सन्तोष तामाङले क्लवको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा धरान, विराटनगर, दमक, वेलवारी, तरहरा लगायत वाट २२ वटा टिमले सहभागिता जनाएको थियो ।
त्यस्तै गरि फाइनल खेल अघि भएको धरान वास्केटवल संघ (डिविए) र सुनसरी बास्केटवल संघका पुर्व खेलाडिहरु विच मैत्रिपुर्ण खेल खेलाइएको थियो । मैत्रिपुर्ण खेलमा धरान बास्केटवल संघले सुनसरीलाई ३१ – ३० अंकको अन्तरले पराजित गरेका छन । खेलमा डिविए वाट प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले व्यक्तिगत २४ अंक जोडेका थिए भने सुनसरी वाट देवराज राईले १५ अंक जोड्न सफल भएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष हाम्रो कलेक्सनका व्यवस्थापक रविवास्फोर, प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, विशेष अतिथि जिल्ला बास्केटवल संघ, सुनसरी अध्यक्ष नारायण सुवेदि, पुर्व अध्यक्ष सुधिर लिम्वु, प्रदेश १ प्रशिक्षक विकास चाम्लिङ राई, धरान बास्केटवल संघ सल्लाहकार खगेन्द्र रिजाल, कोषाध्यक्ष गौरव श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट