होम पेज » खेलकुद » धरानमा स्केटबोर्ड प्रतियोगीता सम्पन्न

कार्तिक १३, २०७८ – धरान १८ स्थित शिवमार्गमा रहेको हेल्थ पार्कमा स्केटबोर्ड प्रतियोगीता सम्पन्न भएको छ ।

आज शनिबार पार्कमा रहेको स्केट बोर्ड खेल स्थलमा कन्सर्टसँगै स्केट बोर्ड प्रतियोगीता आयोजना गरिएको थियो । स्केटबोर्ड धरानको आयोजना गरिएको यो प्रतियोगीतामा धरानका स्थानीय र काठमाण्डौका दर्जनौ खेलाडीहरुले भाग लिएका थिए । प्रदेश १ मै पहिलो पल्ट धरानमा यो खेलको प्रतियोगीता आयोजना भएको आयोजकले दावि गरेका छन ।

धरानमा स्केटबोर्डलाई प्रवद्र्धन गर्नको लागी यो प्रतियोगीताको आयोजना गरेको स्केटबोर्ड धरानका अध्यक्ष विशाल लिम्बुले बताए । कार्यक्रममा बोल्दै उनले भने स्केटबोर्ड खेलप्रति समाजको नकरात्मक धारणा रहेकोले यसलाई चिर्न आवश्यक रहेकोले यो प्रतियोगीताको आयोजना गरिएको हो । उनले भने यो खेलप्रतिको सोँच परिवर्तन गर्न आफुहरुले चाहेको छौँ ।

धरान वडा नम्बर १८ का वडाध्यक्ष प्रविण राईले कार्यक्रममा बोल्दै हेल्थ पार्क निर्माणाधिन अवस्थामा युवाहरुको प्रस्ताव सही लागेको कारण डिजाइन परिवर्तन गरेर स्केटबोर्ड पार्क पनि निर्माण गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने एकाएक यो प्रतियोगीता आयोजनाको खबर पाउँदा आफुलाई निकै खुशी लागेको उनले बताए । यसका साथै उनले युवाहरुलाई सहि बाटोमा हिड्न आग्रह समेत गरेका छन । कार्यक्रममा काठमाण्डौ र धरानका विभिन्न ब्याण्डहरुले प्रत्यक्ष प्रस्तुती पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट