होम पेज » खेलकुद » एकदिने ३×३ बास्केटवल उपाधि यलम्वर र हाम्रो कलेक्सनलाइ

विकास चाम्लिङ राई,
कार्तिक १८, २०७८ – तरहरा स्पोर्टिङ्ग क्लव तरहरा द्धारा वुधवारको दिन आयोजित एक दिने र्थी अन र्थी महिला पुरुष बास्केटवल च्याम्पियनसिपको उपाधि धरानका हाम्रो कलेक्सन र यलम्वर बास्केटवल टिमले चुमेको छ ।\

फाइनल खेलमा पुरुष तर्फ हाम्रो कलेक्सनले धरानकै व्रदसलाई र महिला तर्फ यलम्वरले धरानकै मिराकल ए टिमलाई पराजित गर्दै उपाधि आप्mनो पोल्टामा पार्न सफल भएका हुन । फाइनल खेलमा कलेक्सनले १७ – ९ र यलम्वरले १२ – ५ अंकको अन्तरले पराजित गर्दै फाइनल खेलमा विजय प्राप्त गरेका थिए । उपाधि संगै पुरुष तर्फका विजेताले नगद दश हजार र महिला तर्फका विजेताले नगद ५ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन । खेलको उत्कृष्ट खेलाडि पुरुष तर्फ व्रदसका सर्वोधन राई र महिला तर्फ यलम्वरका लियालिसा श्रेष्ठ घोषित भए । उनिहरुलाई प्रमाण पत्र र ट्रफि प्रदान गरिएको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष एवं आयोजक क्लवका अध्यक्ष रविन्द्र भट्टराई, कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, कार्यक्रमका सहयोगि स्वरुप इन्जिनियरिङ्गका संचालक सुरेश राई, क्लवका सल्लाहकार रोसन रेग्मी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा पुरुष तर्फ हाम्रो कलेक्सनले मुन साइनलाई ११–६ र व्रदसले तरहरा स्पोर्टिङ्गलाई ९–८ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । त्यस्तै गरि महिला तर्फ मिराकल एले आइडल स्कुललाई ३–२ र यलम्वरले मिराकल वि टिमलाई ७ – ५ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट