होम पेज » खेलकुद » गोधुली रनिङ कप फुटबल : आज भएको खेलमा धरान १३ र १६ आफ्नो जित निकाल्दै क्वार्टर फाइनल प्रवेश

पुस २९, २०७८ – धरानमा जारि २२औँ गोधुली रनिङ कप अन्तर्गतको पहिलो चरणको आज भएको अन्तिम दुई खेलबाट धरान १६ र १३ आफ्नो जित निकाल्दै क्वार्टर फाइनल प्रवेश गरेका छन ।

धरान रंगाशालामा भएको पहिलो खेलमा धरान १६ ले धरान ७ लाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । धरान १६ ले ७ लाई ४–० गोल अन्तरले पराजित गर्दै आफ्नो जित निकालेको हो । खेलको ७औँ मिनेटमा धरान १६ को तर्फबाट सरोज लकान्द्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएको थिए । त्यसै गरेर खेलको ३२औँ मिनेटमा प्रदिप लिम्बुले गोल गर्दै धरान १६ लाई दोब्बर अग्रता दिलाएका थिए । सुरुवाती क्षण देखि धरान १६ ले दबावमा राखेको खेल २–० गोल अन्तरको स्थितीमा पहिलो हाफ सकिएको थियो ।

खेलको पहिलो हाफ २–० गोल अन्तरको स्थितीमा सकिएको खेलको दोश्रो हाफमा पुन धरान १६ ले दुई गोल थपेको थियो । खलेको ६३औँ मिनेटमा धरान १६ को तर्फबाट सारेज लकान्द्रीले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई ३ गोलले अग्रता दिलाएका थिए । यसका साथै खेलको ७१औँ मिनेटमा जलन तुम्बापो लिम्बुले गोल गर्दै धरान १६ लाई जितको सुनिश्चित गरेका थिए । खेलको निर्धारित समय सम्म कुनै पनि गोल गर्न नसकेको धरान ७ ले पटक पटक पाएको मौका सदुपयोग गर्न नसक्दा ४–० गोल अन्तरको फराकिलो हार बेहोर्नु परेको हो । यससँगै आज भएको पहिलो खेलमा धरान १६ का मनिष बस्नेत म्यान अफ द म्याच घोषित भए । उनले मेडल र नगद १ हजार ५ सय पुरस्कार हात पारेका छन ।

त्यसै गरेर आजै भएको दोश्रो खेलमा धरान ६ लाई पराजित गर्दै धरान १३ क्वार्टर फाइलन प्रवेश गरेको छ । उपाधि दावेदारको रुपमा दरिएको धरान १३ र धरान ६ को खेल निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । उपाधि दावेदारको रुपमा देखिएको यी दुई टोलीले १–१ गोलको बराबरी खेल खेलेपछि खेल टाइब्रेकरमा परिणत भएको हो । खेलको सुरुवाती क्षणमा धरान १३ ले पाएको पेनाल्टी सुटआउटको मौका गुमाए पछि पहिलो हाफ गोलरहित टुङ्गीएको थियो । धरान १३ को दोर्जे तामाङले गरेको पेनाल्टी प्रहार धरान ६ का गोलरक्षक ले जोगाएका थिए ।

गोलरहित पहिलो हाफ टुङ्गीएको खेलको दोश्रो हाफ भने दुवै टोलीको तर्फबाट १–१ गोल भएको थियो । खेलको ४५औँ मिनेटमा धरान ६ को तर्फबाट समिर लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसै गरि खेलको ६९औँ मिनेटमा अशोक कटुवालले गोल गर्दै धरान १३ लाई खेलमा फर्काएको थियो । खेलको निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीको स्थितीमा टुङ्गीएपछि खेल टाइब्रेकरमा परिणत भयो ।

दुबै टोलीको टाइब्रेकरमा १÷१ सुटआउट गोलरक्षकले बचाए पछि । टाइब्रेकर सट अन डेथमा पुगेको थियो । धरान १३ का विबेक राई बिले सट अन डेथ प्रहार सफल भए पछि धरान १३ लाई जितको नजिक पुर्याएको थियो । उता धरान ६ का तर्फबाट सट अन डेथ नबिन विश्वकर्माको प्रहार आकाशिए पछि धरान ६ ले हार बेहोर्नु परेको हो । आजको यो दोश्रो खेलमा धरान १३ का गोल रक्षक खगेन्द्र भण्डारी म्यान अफ द म्याच घोषि भए । उनले मेडल र नगद १ हजार ५ सय पुरस्कार हात पारे ।

गोधुली रनिङ कपको क्वार्टर फाइनल भोली नै सबै खेल हुनेछ । भोली विहान ८ बजे पहिलो क्वार्टर फाइनल खेल हुनेछ । जसमा धरान १४ र १५ ले प्रतिस्पर्धा गर्नेछन । त्यसै गरेर दोश्रो क्वार्टरफाइनल खेल धरान १८ र ८ प्रतिस्पर्धाको लागी विहान ठिक ११ बजे मैदान उत्रिनेछन । योसँगै तेश्रो क्वार्टर फाइनल खेलमा दिनको १ बजे धरान १६ र १९ प्रतिस्पर्धा गर्नेछन । भोली नै सकिने अन्तिम क्वार्टर फाइनल खेलमा धरान ११ र १३ प्रतिस्पर्धाको लागी मैदानमा उत्रिने छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट