होम पेज » खेलकुद » गोधुली कप : धरान १५ लाई पराजित गर्दै धरान १४ सेमिफाइनल प्रवेश (भिडियो)

पुस ३०, २०७८ – धरानमा जारि २२औँ गोधुली रनिङ्ग कपको क्वार्टर फाइनल अन्तर्गतको पहिलो खेलबाट धरान १४ ले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।

धरान रंगाशालामा भएको पहिलो क्वार्टर फाइनल खेलमा धरान १४ ले धरान १५ लाई पराजित गर्दै सेमि फाइनल प्रवेश गरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा परिणत भएको थियो । खेलको ५औँ मिनेटमा धरान १५ को तर्फबाट मदन लाबुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेल १–० गोल अन्तरको स्थितिमा आएपछि धरान १४ ले खेलमा दबाव पैदा गर्न थाले पछि खेल निकै रोमान्चक बनेको थियो । खेलको २८औँ मिनेटमा सुसन तामाङले गोल गर्दै धरान १४ लाई खेलमा फर्काएका थिए । उनको गोलसँगै १–१ गोलको बराबरीको स्थितिमा खेलको पहिलो हाफ सकिएको थियो ।

खेल निकै नै प्रतिस्पर्धात्मक भएता पनि दोश्रो हाफमा धरान १५ ले पटक पटक गोल गर्ने अवसर पाएको गुमाएपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन । १–१ गोलको बराबरीमा पहिलो हाफ टुङ्गीएको खेलको दोश्रो हाफमा भने कुनै पनि गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि धरान १४ को विबेक राईको पहिलो सुट गोलमा परिणत हुन नसकेपछि धरान १५ जितको नजिक पुगेको थियो । तर धरान १४ का गोलरक्षकले धरान १५ का नगेन्द्र राईको प्रहारलाई रोकेपछि खेल सट अन डेथमा प्रवेश गरेको थियो । धरान १५ का सुवास मगरको प्रहारलाई गोल हुनबाट धरान १४ का गोलरक्षकले असफल बनाएपछि खेलको निर्णय भएको थियो । यो जित सँगै धरान १४ ले आज दिनको १ बजे हुने क्वार्टर फाइनल धरान १६ र १९ को खेलबाट विजय टोलीसँग सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।

त्यसै गरेर आजै हुने क्वार्टर फाइनल खेलमा अहिलो धरान १८ र ८ को खेल सञ्चालन भइरहेको छ । त्यस्तै आजै दिनको १ बजे धरान १६ र १९ प्रतिस्पर्धा गर्नेछन भने दिनको ३ बजे धरान १३ र ११ प्रतिस्पर्धाको लागी मैदान उत्रिने छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट