होम पेज » खेलकुद » गोधुली रनिङ कप : धरान १३, ८ र १६ पनि सेमिफाइनल प्रवेश, भोली नै दुवै सेमिफाइनल खेल हुने

पुस ३०, २०७८ – धरानमा जारि टुवोर्ग गोधुली रनिङ्ग कपको आज भएको क्वार्टर फाइनल अन्तर्गतको खेलमा धरान १३, १६ र ८ आफ्नो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन ।

धरान रंगाशालामा भएको आज भएको ४ वटै खेलबाट धरान १४, १३, १६ र ८ सेमिफाइनल प्रवेश गरेका हुन । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा धरान १४ ले १५ लाई टाइब्रेकर मार्फत पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हो । यसै गरेर दोश्रो क्वार्टर फाइनल खेलमा धरान ८ ले १८ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कोरोना महामारीको कारणले आयोजकले खेल अवधि छोट्याएपछि ४ वटै क्वार्टर फाइलन खेल आजै भएको हो ।

पछिल्लो बाँकी दुईवटा क्वार्टर फाइनल खेल सकिएपछि प्रतियोगीताको सेमिफाइनल समिकरण पुरा भएको हो । पछिल्लो दुई खेलमा धरान १६ ले धरान १९ सँग प्रतिस्पर्धा गरेको थियो भने धरान १३ ले धरान ११ सँग प्रतिस्पर्धा गरेको थियो । आजको तेश्रो क्वार्टर फाइनल खेलमा धरान १६ ले १९ लाई ३–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । धरान १६ ले खेलको ८ औँ र २४औँ मिनेटमा सरोज लकान्द्री र २० औँ मिनेटमा शैलेन्द्र नेपालको गोलको सहयोगमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । यो खेलमा धरान १६ का सरोज लकान्द्री म्यान अफ द म्याच घोषित भएका थिए । उनले मेडल र २ हजार नगद पुरस्कार हात पारेका थिए ।

त्यसै गरेर अन्तिम क्वार्टर फाइनल खेलमा धरान १३ ले ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । खेलको दोश्रो हाफ पनि निकै नै प्रतिस्पर्धात्मक चले ता पनि धरान १३ को तर्फबाट खेलको ४०औँ मिनेटमा मिलन लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले दोर्जे तामाङको क्रस पासको सदुपयोग गर्दै गोल गरेका थिए । धरान ११ लाई यो खेलमा फर्कन निकै मुश्किल बनिरहेको अवस्था खेलको ६२औँ मिनेटमा सेण्टर लाइनबाट आएको पासको सदुपयोग गर्दै रिवास मास्केले धरान ११ लाई खेलमा फर्काएका थिए । निकै नै मुश्किलले १–१ गालेको बराबरीको स्थितीमा आएको खेल तेति लामो समय टिक्न सकेन । खेलको ६३औँ मिनेटमा दाहिने कर्नरबाट आएको पासको सहयोगमा मिलन लिम्बुले गोल गर्दै धरान १३ लाई अग्रता दिलाएका थिए । मिलन लिम्बुको उक्त गोल व्यक्तिगत दोश्रो गोल हो । उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । यो खेलमा मिलन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार र मेडल पुरस्कार हात पारे ।

प्रतियोगीताको सेमिफाइलन दुबै खेल भोली हुने आयोजकले जनाएको छ । भोली सेमिफाइनल अन्तर्गतको पहिलो खेल धरान १४ र धरान १६ प्रतिस्पर्धा गर्दैछन । धरान १४ साविक विजेता टोली हो भने धरान १६ उपविजता टोली हो यी दुई टोली भोली सेमिफाइनल खेलमा भेट हुने भएका छन । पहिलो सेमिफाइनल खेल भोली दिनको १ बजे हुनेछ । त्यसैगरि भोली नै हुने दोश्रो सेमिफाइलन खेलमा धरान १३ र धरान ८ प्रतिस्पर्धा गर्दैछन । यो खेल भोली दिनको ३ बजे हुनेछ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट