होम पेज » खेलकुद » तामाङ नया वर्ष तथा सोनाम ल्होछारको अवसरमा मैत्रिपुर्ण बास्केटवल

बिकास चाम्लिङ राई,
माघ ०८, २०७९ – तामाङ समुदायको नया वर्ष २८५९ तथा सोनम ल्होसारको अवसरमा आइतवार मैत्रिपुर्ण बास्केटवल खेल संपन्न भएको छ ।

नेपाल तामाङ घेदुङ्ग संघ, सुनसरी अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको सभाध्यक्षमा धरान बास्केटवल संघका संस्थापक तथा पदाधिकारीहरु विच मैत्रिपुर्ण खेल भएको हो । दुई टिममा विभाजन गरि खेलिएको मैत्रिपुर्ण खेलमा सभाध्यक्ष सुरजकुमार लामाको टिमले धरान बास्केटवल संघका संस्थापक तथा महेन्द्र वहुमुखि क्याम्पसका प्रध्यापक कृष्ण राईको टिमलाई ७०–६८ अंकको झिनो अन्तरले पराजित गर्दै विजयी भएका छन ।

अत्यन्त्य प्रतिस्र्धात्मक भएको खेलमा लामा र राईको टिममा प्रत्येक क्वाटरमा २४–११, १२–१५, १४–२० र १०–१२ अंकको अन्तर रहेको थियो । खेलमा विजयी टिमका प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र राष्ट्रिय रेफ्रि शिशिर पोख्रेलले समान २४ अंक जोडेका थिए भने पराजित राइका टिम वाट त्रिसान्त श्रेष्ठले २७ अंक जोडेका थिए ।

विजयी हुने लामाको टिम वाट नेपाल बास्केटवल संघका पुर्व केन्द्रिय सदस्य तथा धरान बास्केटवल संघका संस्थापक महेश श्रेष्ठ, संघका संस्थापक एवं सल्लाहकार एसपि नविन राज राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, राष्ट्रिय रेफ्रि शिसिर पोख्रेल र प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई रहेको थियो । यसै गरि राईको टिम वाट बास्केटवल संघका संस्थापक तथा सल्लाहकार एसपि टेकुनन्द लिम्वु, पुर्व खेलाडि देवराज राई, बास्केटवल संघका सदस्य रोशन राई, पुर्व खेलाडि सविन राई, प्रदेश १ बास्केटवल खेलाडि दिवस राई र त्रिशान्त श्रेष्ठ रहेको थियो ।

धरान ८ स्थित यलम्वर खेल मैदानको बास्केटल कोर्टमा सम्पन्न मैत्रिपुर्ण खेल कार्यक्रमा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईको उपस्थित रहेको थियो । नया वर्ष तथा सोनम ल्होसारको सुभकामना आदनप्रदान गरे पछि कार्यक्रम समापन भएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु