होम पेज » खेलकुद » प्रथम हाेलील्याण्ड ३बाई ३ रनिङ्ग बास्केटबल प्रतियाेगिता सम्पन्न

माघ ०८, २०७९ – प्रथम हाेलील्याण्ड ३बाई ३ रनिङ्ग बास्केटबल प्रतियाेगिता सम्पन्न भएकाे छ ।

प्रतियाेगिता अन्तर्गतकाे पहिलाे दिनकाे खेलमा धरान मेघाले हाेलील्याण्ड राताे लाई ६-२, हाेलील्याण्ड ए लाई १०-७ र धरान उच्च निलाेलाई९-८ ले पराजित गर्दै सेमिफाईनल पुगेकाे थियाे भने हिम शिखर बीले डिपाे सेताेलाई ५-२, हिम शिखर ए लाई ४-१ र बिर्तामाेड बी लाई ५-१ ले पराजित गरेकाे थियाे । त्यस्तै धरान उच्च राताेले डि पि एसलाई १७-७, डिपाे रेवालाई ४-२ ले पराजित गर्याे साथै सेमिफाईनलकाे अन्तिम स्थान पक्का गर्ने क्रममा बिर्तामाेड बीले हाेलील्याण्ड बीलाई ९-२, डिपाे कालाेलाई ५-४, के के बीलाई ८-३ र हिम शिखर बी लाई ५-१ ले पराजित गरेकाे थियाे ।

त्यस्तै महिला तर्फ धरान उच्च ए ले समिटलाई १०-१, के के स्कुललाई ५-१ हराएकाे थियाे, धरान अादर्शले एक खेल वाक अाेभर पाउदै दाेश्राे खेलमा डिपाेलाई २-०ले हराउदै समिफाईनलमा स्थानपक्का गर्याे । धरान उच्च बीले केके बीलाई ६-० र चिल्ड्रेन एकेडेमीबाट वाक अाेभर पाएकाे थियाे, हाेलील्याण्ड स्कुल ए ले चिल्ड्रेन एकेडेमी बीलाई ५-४, हाेलील्याण्ड बीलाई २-० ले पराजित गर्दै अाफ्नाे स्थान पक्का गरेकाे थियाे ।

दाेस्राे दिन भएकाे पुरुष तर्फकाे सेमिफाईनल खेलमा धरान मेघा कलेजले बिर्तामाेड बीलाई ८-४ अंकले पराजित गर्दा धरान उच्च राताेले हिम शिखर बीलाई ५-१ ले पराजित गर्दै फाईलमा स्थान बनाएकाे थियाे । अत्यन्तै प्रतिस्पर्धात्मक भएकाे फाईनल खेलमा धरान मेघा कलेजले १२ का विरुद्ध १५ अंक स्काेर गर्दै उपाधि जित्न सफल भयाे । महिला विधा तर्फ धरान उच्च ए ले धरान अादर्शलाई ४-१ ले हराउदै फाईनलमा स्थान बनाउदा धरान उच्च बी भने हाेलील्याण्ड ए सँग ३-६ हार बेहाेर्न बाध्य बन्याे । फाईनल खेलमा ४ का विरुद्ध ८ स्काेर गर्दै धरान उच्च ए बिजेता बन्याे । दुवै विधाका विजेता समुहले नगद रु ४/४ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेताद्वय धरान उच्च राताे र हाेलिल्याण्ड ए ले नगद रु २/२ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायाे । मस्ट भ्यालुएवल प्लेर महिला विधामा धरान उच्च ए की दिक्क्षा लावती भईन् भने पुरुष विधामा धरान मेघा कलेजका पारुहाङ्ग लिम्बु घाेषित भए । दुवैले मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार धरान वडा नं ९ का वडाध्यक्ष रुपेश अाचार्य, हाेलील्याण्ड +२ संयाेजक हेमराज हमाल, हाेलिल्याण्ड कलेजका डाईरेक्टर अर्जुन मेन्याङबाे, हाेलील्याण्ड स्कुलका प्रध्यानापक राज कुमार लिम्बु लगायतका अतिथिहरुले वितरण गरेका थिए । हाेलिल्याण्ड इन्टरनेश्नल कलेजकाे अायाेजना हराईजन क्लबकाे प्राविधिक सहयाेगमा सञ्चालन प्रतियोगिता माघ ७ र ८ गतेसम्म हाेलिल्याण्ड कलेजकाे खेल मैदानमा सञ्चालन भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु