होम पेज » खेलकुद » गोधुली रनिङ कप : धरान १५ सेमिफाइनल प्रवेश, भोली धरान २० र १७ अन्तिम क्वार्टरफाइनल खेल खेल्दै

माघ ०९, २०७९ – धरानमा जारि २३औँ टुबोर्ग गोधुली रनिङ कपको आज भएको तेश्रो क्वार्टरफाइनल खेलमा धरान १५ सेमिफाइनल प्रवेश गरेको छ ।

धरान १६ स्थित रंगाशालामा भएको खेलमा धरान १५ ले धरान ११ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । धरान १५ ले धरान ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो जित निकालेको हो । धरान १५ को जितको लागी मदन लाबुङ लिम्बुले गोल गरेका थिए । उनले दाहिने कर्नलबाट आएको बललाई हेड गर्दै गोल गरेका थिए । लाबुङको उक्त गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले धरान १५ लाई जित दिलाए सँगै खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार, मेडल र जिएफएक्स रेस्टुरेण्टको ३ सय बराबरको फुड भौचर हात पारे ।

निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा धरान ११ ले कयौ पटक गोल गर्नबाट चुके पछि हार व्यहोरेका हो । प्रतियोगीताको उपाधिको दावेदारको रुपमा हेरिएको धरान ११ ले गोलको प्रयास धेरै गरे पनि गोल गर्न सकेन । खेलको निर्धारित समय सम्म खेल ०–० गोल अन्तरको बराबर भएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । उक्त समयमा धरान १५ का लाबुङले गोल गरेका थिए । धरान ११ ले पनि लाबुङको गोलको जवाफि गोल फर्काउने प्रयास २ पटक गरे पनि अफसाइड हुँदा गोल मान्य हुन सकेन । सोहि समयमा अफसाईड दिएको भन्दै रेफ्रिसँग विवाद गरेपछि धरान ११ का रिवास मास्के र दिनेश राईले रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

आजको खेलबाट विजयी हुँदै सेमिफाइन प्रवेश गरेका धरान १५ ले यहि माघ ११ गते धरान ५ को सामना गर्नेछ । धरान ५ ले धरान १ लाई पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । आयोजकले जानकारि गराए अनुसार भोली हुने अन्तिम क्वार्टर फाइनल खेलमा धरान २० र धरान १७ प्रतिस्पर्धामा मैदान उत्रिदैछन । भोली दिनको ठिक २ः३० बजे उक्त खेल सुचारु हुने छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु