होम पेज » खेलकुद » गोधुली रनिङ कप : धरान १७ सेमिफाइनल प्रवेश, धरान १७ ले माघ १२ गते धरान १६ को सामाना गर्दै

माघ १०, २०७९ – धरानमा जारि २३औँ टुबोर्ग गोधुली रनिङ कपको आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा धरान १७ ले जित निकाल्दै सेमिफाइनलको यात्र तय गरेको छ ।

धरान १६ स्थित रंगाशालामा भएको खेलमा धरान १७ ले धरान २० लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । धरान १७ ले धरान २० लाई ५–२ को गोल अन्तरले पराजित गर्दै आफ्नो जित निकालेको हो । खेलको १३ औँ मिनेटमा धरान १७ को तर्फबाट कृष्ण राईले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको १५औँ मिनेटमै धरान २० तर्फबाट गौरव राईले गोल गरेपछि उक्त अग्रता धेरै टिकेन । खेलको ३४औँ मिनेटमा पुन व्यक्तिगत दोश्रो गोल गर्दै आफ्नो टोलीलाई २–१ गोल अन्तरले अग्रता दिलाएका थिए । यसका साथै धरान १७ कै तर्फबाट सुशिल राईले खेलको ४४ औँ मिनेटमा गोल गर्दै टोलीलाई ३–१ गोल अन्तरले अग्रता दिलाएका थिए ।

पहिलो हाफ ३–१ गोल अन्तरमा सकिएको खेलको दोश्रो हाफमा पनि धरान १७ ले २ गोल थपेको थियो भने धरान २० ले १ गोल गरेको थियो । दोश्रो हाफको २१औँ मिनेटमा धरान १७ को तर्फबाट साहिल राईले गोल गर्दै खेललाई ४–१ गोल अन्तरको स्थितिमा ल्याएका थिए । दोश्रो हाफको ३०औँ मिनेटमा धरान २० को तर्फबाट प्रकाश राईले गोल गर्दै ४–२ को गोल अन्तर घटाएका थिए । दोश्रो हाफको ३९औँ मिनेटमा गोल गर्दै ५–२ को गोल अन्तरको जित दिलाएका थिए ।

आजको खेलबाट धरान १७ का कृष्ण राई म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार, मेडल र जिएफएक्स रेस्टुरेण्टको ३ सय बराबरको फुड भौचर प्राप्त गरे । आजको खेलबाट जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको धरान १७ ले माघ १२ गते धरान १६ को सामना गर्नेछ । धरान १६ ले धरान १४ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु