होम पेज » खेलकुद » आज हुने खेलमा प्रशिक्षक अलमुताइरीको रक्षात्मक रणनीति

नेपाली टोलीमा तीन खेलाडी परिवर्तन

जेष्ठ २४, २०७८ – जारि विश्वकप छनोट तथा एसिया कप छनोट अन्तर्गतको आज हुने जोर्डनविरुद्ध हुने खेलमा नेपाली राष्ट्रिय फुटबलका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले रक्षात्मक रणनीती अपनाएका छन ।

नेपाली समय अनुसार आज राती ९ः४५ बजे हुने सातौँ खेलका लागी प्रशिक्षक अलमुताइरीले तीन खेलाडी परिवर्तन गरेका छन । आज हुने जोर्डनविरुद्धको खेलमा अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवास टोलीमा परेका छन भने सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ दोलीबाट बाहिरिएका छन । तीन खेलाडी परिवर्तन गर्दा गोलरक्षकमा भने कप्तान किरण चेम्जोङलाइ नै निरन्तरता दिएको छ ।

आजको खेलमा तयारि पारिएको टिम फर्मेसन अनुसार डिफेन्समा अनन्त तामाङ र रोहित चन्द खेल्नेछन । यसका साथै विकास खवास र दिनेश राजवंशीले विंगव्याकमा खेल्नेछन । खेलमा मिडफिल्डमा सुमन अर्याल खेल्नेछन । त्यसैगरेर सेन्टर मिडफिल्डमा पुजन उपरकोटी र सन्तोष तामाङले सम्हाल्नेछन । अन्जन विष्ट, सुमन लामा र अभिषेक रिजाल भने आक्रमणको लागी मैदानमा उत्रिने छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु