होम पेज » खेलकुद » पोर्चुगलले इजरायसँगको खेलमा सहज जित निकाल्यो

यहि शुक्रबार देखि सुरु हुने युरोकपमा ग्रुप अफ द डेथमा, पहिलो खेल हंगेरी सँग भिड्ने

जेष्ठ २७, २०७८ – युरोकप अघिको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्चुगलले इजरायललाई ४–० गोल अन्तरले पराजित गर्दै आफ्नो सहज जित निकालेको छ । पोर्चुगलको जितको लागी क्रिस्टियानो रोनाल्डो,जाओ कान्सेलो, ब्रुनो फर्नान्डेजले गोल गरेका थिए ।

खेलको ४२ औँ मिनेटमा पोर्चुगलको तर्फबाट ब्रुनोले गोल गर्दै अग्रता लिएका थिए । त्यसलगत्तै खेलको ४४ औँ मिनेटमा रोनाल्डोको गोलको सहयोगमा पहिलो हाफमा पोर्चुगलले दोब्बर अग्रता लियो । पहिलो हाफ २–० गोल अन्तरमा भएको खेलमा दोश्रो हाफको अन्त्यतिर पोर्चुगलले पुनः दुई गोल थपेको थियो । खेलको ८६ औँ मिनेटमा कान्सेलोले गाल गर्दै पोर्चुगललाई जितको नजिक पुर्याएका थिए । खेलको इन्ज्युरि समयमा ब्रुनोले पुनः गोल गरेपछि पोर्चुगलको जित सुनिश्चित भएको थियो । यो खेलमा ब्रुनोको व्यक्तिगत दोश्रो गोल थियो ।

यहि शुक्रबार देखि सुरु हुन लागेको युरोकपमा साविक विजेता रहेको पोर्चुगल यस पटक भने ग्रुप अफ द डेथमा परेको छ । समुह एफमा रहेको पोर्चुगल विश्व विजेता फ्रान्स, जर्मनी र हंगेरीसँग समुहगत खेलमा सामना गर्नेछ । पोर्चुगले जुन १५ मंगलवार हंगेरीसँग पहिलो खेल भिड्नेछ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट