होम पेज » खेलकुद » इंग्लिस प्रिमियर लिगको खेलाडी खरिद–बिक्रि प्रक्रिया खुल्ला गरियो

१२ हप्ताको अवधिमा प्रिमियर लिग क्लबले खेलाडी किनबेच गर्ने छन्

जेष्ठ २७, २०७८ – विश्व प्रसिद्ध फुटबल लिग इंग्लिस प्रिमियर लिगको खेलाडी खरिद–बिक्रि प्रक्रिया (समर ट्रान्सफर विन्डो) खुल्ला गरिएको छ ।

यहि जुन ९ बाट औपचारिक रुपमा खरिद–बिक्रि प्रक्रिया खुेको प्रिमियर लिगले जनाएको छ । प्रिमियर लिगले जनाए अनुसार उक्त खरिद–बिक्रि प्रक्रिया आगामी अगस्ट ३१ मा बन्द हुनेछ । प्रिमियर लिग क्लबले यहि १२ हप्ताको अवधिमा खेलाडी किनबेच गर्ने छन ।

सन् २०२०/०२१ को प्रिमियर लिग उपाधि म्यान्चेस्टर सिटीले उठाएको थियो । अब हुन लागेको लिग सन् २०२१/०२२ सिजनको खेल तालिका भने सार्वजानिक भएको छैन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट