होम पेज » खेलकुद » नर्थ म्यासेडोनियालाई हराउँदै नेदरल्याण्ड नकआउट चरणमा प्रवेश

पहिलो पल्ट ठुलो प्रतियोगीता खेलेको म्यासेडोनिया समुह चरणको खेलबाटै प्रतियोगीताबाट बाहिरियो

असार ०७, २०७८ – जारि युरो कपमा आज भएको खेलमा समुहगत खेलको अन्तिम खेलमा नेदरल्याण्ड नर्थ म्यासेडोनियालाई हराउँदै अन्तिम १६ (नकआउट) चरणमा प्रवेश गरेको छ । आज राति भएको खेलमा नेदरल्याण्डले म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो पटक ठुलो प्रतियोगिता खेलको म्यासेडोनियाले समुह चरणको अन्तिम खेलमा डच टोलीको सामना गर्न निकै सकस परेको थियो । युरो कपको लागी नयाँ टोली म्यासेडोनियाको तर्फबाट इभान ट्रिकोभ्स्कीले खेलको १० औँ मिनेटमा गोल गरे पनि उक्त गोल भिएआर (VAR) बाट मान्यता पाउन सकेन । टोली कप्तान गोरान पाण्डेभको पासमा इभान अफसाईड भएका थिए । त्यसै गरेर म्यासेडोनियाकै तर्फबाट खेलको २२ औँ मिनेटमा एलेक्सान्डर ट्राजिकोभ्स्कीले गरेको प्रहार पोस्टमा लाग्दा म्यासेडोनिया अग्रता लिनुबाट चुक्यो ।

महत्वपुणै मौका गुमाएको सो टोलीले खेलको २४ औँ मिनेटमा आफ्नो अपोजिसन टोली डचको उल्टो गोल बेहोर्नु परेको थियो । नेदल्याण्डको तर्फबाट डोनेल मालेनको पासको सदुपयोग गर्दै मेम्फिस डिपाएले गोल गर्दै टोलीलाई १–० गालेको अग्रता दिलाएको थिए । त्यसै गरि खेलको ५१ औँ मिनेटमा डच टोलीका कप्तान जर्जिन्हो वाइनाल्डमले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । त्यसलगत्तै खेलको ५८औँ मिनेटमा टोली कप्तान वाइनाल्डमले व्यक्तिगत दोश्रो गोल गर्दै खेललाई ३–० गोल अन्तरमा पुर्याएका थिए । सो अग्रता नै यो खेलको निर्णायक बन्न पुगेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु