होम पेज » खेलकुद » राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा उपचारको लागी कतार जाँदै

कतार फुटबल एसोसियसनको सहयोगमा उनको उपचार हुने

असार ०८, २०७८ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा हुने भएको छ । गत वर्ष फागुनमा राष्ट्रिय महिला लिग खेल्ने क्रममा दायाँ घोडामा चोट लागी घाइते भएकी थिइन ।

आज मंगलवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्राको उपचार कतारमा हुने जानकारि गराएको छ । कतारको दोहा स्थित अस्पेटार अस्पतालमा उनको उपचार कतार फुटबल एसोसियसनको सहयोगमा हुने भएको छ । उनी यहि शनिबार उपचारको लागी कतार प्रस्थान गर्नेछिन । यस अघि कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई खेलाडी विमल घर्ती मगर र बिक्रम लामाको पनि उपचार दोहामा गरिएको थियो ।

राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन । पुलिसविरुद्धको खेलमा ७९औँ मिनेटमा उनी मैदानबाट बाहिरिएकी थिइन । उनले गोलको लागी प्रयास गर्दा दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेण्ट (एसिएल) मा चोट लागेको थियो । विपक्षी टोलीको गोलकिपर अघि बढेको मौका छोपेर बल चिप गर्ने प्रयासमा ल्यान्डिङको क्रममा उनको घुँडामा चोट लागेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु