होम पेज » खेलकुद » स्लोभाकीयामाथि सानदार जित निकाल्दै स्पेन अन्तिम १६ मा प्रवेश

असार ०९, २०७८ – जारि युरो कपको समुहगत खेलको अन्तिम चरणको खेलमा स्पेनले स्लोभाकियालाई सानदार जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पाहुना टोली स्पेनले घरेलु टोली स्लोभाकियालाई ५–० गोल अन्तरले गोल गर्दै अन्तिम १६ को खेल खेल्न आफुलाई योग्य बनाएको हो ।

खेलको सुरुवाती क्षण मै स्पेनले पाएको पेनाल्टी अवसरमा गोल गर्न चुकेको थियो । खेलको १२ औँ मिनेटमा अल्भारो मोराटाले पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा स्लोभाकियालाई उर्जा मिलेको थियो । पेनाल्टी नै विफल भएपछि केहि निराशा बनेको स्पेनका लागी खेलको ३०औँ मिनेटमा स्लोभाकियाका गोलरक्षक डुब्राभ्काले आत्माघाती गोल गर्दै आफ्नो प्रतिद्धन्दी टोली स्पेनलाई अग्रता दिलाए । डिफेन्सले मिसपास गरेको मौकामा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा ठोक्किएर फर्किएको बेलामा उक्त रिबाउण्डलाई बाहिर पठाउने प्रयासमा गोलरक्षक डुब्राभ्काले आत्माघाती गोल गर्न पुगेका थिए । यो गोलसँगै स्पेनले खेलमा १–० गोल अन्तरले अग्रता लियो ।

खेलको पहिलो हाफको इन्ज्युरि समयमा स्पेनले आफ्नो अग्रतालार्य दोब्बर बनाउन सफल भएको थियो । डिफेन्डर एमेरिक लापोर्टले गोल गर्दै स्पेनलाई २–० गोल अन्तरले अग्रता दिलाए । घरेलु मैदानमा निरीह देखिएको स्लोभाकिया दोश्रो हाफमा गप आक्रमक प्रदर्शन गर्न खोजे पनि स्पेनको आक्रमणको अगाडी निरीह नै रहयो । खेलको ५६ औ मिनेटमा स्पेनको तर्फबाट पाब्लो सराबियाले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गर्दै आफ्नो टोलीलाई ३–० गोल अन्तरको अग्रता दिलाएका थिए ।

त्यसै गरेर स्पेनका लागी बैकल्पिक खेलाडीको रुपमा मैदा प्रवेश गरेका फेरान टोरेसले खेलको ६७ औँ मिनेटमा सानदार गोल गर्दै स्पेनलाई जितको नजिक पुर्याएका थिए । यसका साथै खेलको ७१ औाँ मिनेटमा स्लोभाकियाका खेलाडी जुराज कुच्काले आत्माघाती गोल गर्दै स्पेनलाई ५–० गोल अन्तरले अग्रता दिलाए । स्पेनको तर्फबाट पाउ टोरेसले प्रहार गरेको गोललाई स्लोभाकियाका गोलरक्षक डुब्राभ्काले बचाउने प्रयास गरेका थिए । सोहि समयमा आएको बललाई कुच्काले मुभ क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु